गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट
बुधबार, असार २३, २०७८
नेपाल एसबिआई बैंकले दियो कोभिड अस्पताललाई बेड
मंगलबार, असार २२, २०७८
नेपाल एसबिआई बैंकले जिल्लाका कोभिड अस्पतालहरुलाई बेड उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य कार्यालय पाल्पामार्फत पाल्पा अस्पताल र दुईवटा स्थानीय तहका कोभिड अस्पतालहरुमा बेड सहयोग गरेको हो ।
बाख्रापालनबाट आम्दानी गर्दै किसान
सोमबार, असार २१, २०७८
व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।
दुवै मृगौला फेल भएका श्रेष्ठले गरे सहयोगको अपिल
शनिबार, असार १२, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिका –५ का ४३ वर्षीय मृगौला पीडित रणबहादुर श्रेष्ठ आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका छन् । दुईवटै मृगौला फेल भएका श्रेष्ठ ११ महिनादेखि अस्पातलमा जीवन मरणको दोसाधमा छन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि श्रेष्ठले ज्यान जोगाईदिन सबैसँग सहयोगको अपिल गरेका हुन । धन कमाउन...
पहिरो पीडितलाई काँग्रेस पाल्पाको सहयोग
बुधबार, असार ९, २०७८
नेपाली काँग्रेस पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले केही दिन अघि अविरल वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याएका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो । पार्टीका जिल्ला सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाको नेतृत्वमा गएको टोलीले रिब्दीकोट गाउँपालिका पालुङ मैनादी चम्पती धनराजाका तीन...
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत
शुक्रबार, असार ४, २०७८
महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराएकी छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले परिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा
शुक्रबार, असार ४, २०७८
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारमा राहत लिएर गएका छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले पुरिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारमा राहत लिएर गएका हुन् ।
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा
मंगलबार, असार १, २०७८
पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम
शनिबार, जेठ २९, २०७८
हेफर ईन्टरनेशनल नेपालले जिल्लाका थप तीन स्थानीय तहलाई राहत रकम सहयोग गरेको छ । जिल्लाका ७ स्थानीय तहलाई कोभिड विरुद्ध लड्नको राहत रकम सहयोग गरिसकेको हेफरले जिल्लाका थप तीन स्थानीय तहलाई पनि रकम सहयोग गरेको हो ।
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल
बुधबार, जेठ २६, २०७८
कोरोना महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशको आयोजनामा भर्चुअलमार्फत सहकारीहरुको सामाजिक दायित्वका विषयमा छलफल भएको हो ।
पाल्पामा बैंकहरु खुलेपछि बढ्यो भिड–भाड
मंगलबार, जेठ २५, २०७८
कोरोना सक्रमणको कारण एक महिना देखी सुनसान बनेको पाल्पाका बजारहरुमा बैंकहरु सञ्चालनमा आएसंगै भिडभाड बढेको छ । जिल्लाका सबैजसो बैंकहरुमा मानिसहरु लाईन लागेर पैसा झिक्न बैकसम्म पुग्ने गरेका छन् ।
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख
सोमबार, जेठ २४, २०७८
हेफर ईन्टरनेशनल नेपालले कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटा स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि हेफरले पाल्पाका स्थानीयतहहरुमा सहयोग रकम प्रदान गरेको हो ।
पाल्पाली पत्रकारलाई अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग
आइतबार, जेठ २३, २०७८
पाल्पाली पत्रकारहरुका लागि अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग भएको छ । रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुको सहयोगमा पत्रकारहरुको लागि २५ थान पल्स अक्सिमिटर सहयोग प्राप्त भएको हो ।


