Shittalpati
आलेखः सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली
आलेखः सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यान्वयनले सिँचाइयोग्य जमिनको क्षेत्रफल विस्तार भएसँगै स्थानीय किसानको जीवनस्तरमा सुधार आएको देखिन्छ । हाइड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीको विकास गरिएको छ । 
पाल्पामा माओवादी नेताहरुको ‘कृषि क्रान्ति’
पाल्पामा माओवादी नेताहरुको ‘कृषि क्रान्ति’ सुन्दै आश्चर्य लाग्न सक्छ कुनै समय युद्धका हतियार सहित सशस्त्र जनयुद्धमा होमिएका माओवादी नेताहरु खेती किसानीमा लागेका छन् भन्दा । तर, परिस्थिति फेरिएको छ । हिजोका ती माओवादी योद्धाहरु अहिले युद्धका हतियार होइन, किसानी औजारका साथ कृषि क्रान्तिको अभियानमा लागेका छन् ।
पाल्पामा सकियो ७१ प्रतिशत धान रोपाइँ
पाल्पामा सकियो ७१ प्रतिशत धान रोपाइँ पाल्पामा  धान रोपाइँ ७१ प्रतिशत सकिएको छ ।  लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार जिल्लाभर  ७ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म ५ हजार १ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
असारे विकास उस्तै
असारे विकास उस्तै नेपालमा हरेक वर्ष असार महिना लागेसँगै विकास निर्माणका कामहरू एकाएक तीव्र हुने दृश्य सामान्यजस्तै बनिसकेको छ । आर्थिक वर्षको अन्तिम महिनामा बजेट सक्न हतार–हतार सडक कालोपत्रे गर्ने, नाला बनाउने, भवन निर्माण गर्ने तथा अन्य पूर्वाधारका कामहरू गर्ने प्रवृत्तिलाई आम रूपमा छ ।
गवारोले कफी किसान चिन्तित
गवारोले कफी किसान चिन्तित “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरु काट्नुपर्दा मन निरास भयो । कफीखेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ”, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाकी कफी किसान कृषक माया भट्टराईले भनिन् ।
गुञ्जिन छाडे ‘असारे भाका’
गुञ्जिन छाडे ‘असारे भाका’ असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन । “असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्”, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भनिन्, “रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो ।”...
पाल्पामा हराउँदै ‘असारे भाका’
पाल्पामा हराउँदै ‘असारे भाका’ तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई अहिले धान रोप्दै गाउने गरेका असारभाकाको याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । “उहिले मनोरञ्जनका साधन केही थिएनन्,” उनले भन्नुभयो, “त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।”
गुल्मीमा खडेरीले किसान चिन्तित
गुल्मीमा खडेरीले किसान चिन्तित जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान रोपाइँमा समस्या परेको छ । जिल्लामा यस वर्ष हालसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार आइतबारसम्म ७१९।५१ हेक्टरअर्थात् ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस वर्ष धानखेती हुने...
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।
धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य
धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा दिएका शुभकामना सन्देशमा उनले बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् ।
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका कैयौँ युवाको सपना गाउँ छोडेसँगै विदेशमै सीमित हुने गरेको छ । तर गुल्मीको इस्मा गाउँपालिका–३ कायुवागोकर्ण नेपाली भने विदेशभन्दा स्वदेशको माटोमा ठूलो सम्भावना देख्दै आएका छन् ।
Weather Update