Shittalpati
किसानलाई मल–बीउ देऊ
किसानलाई मल–बीउ देऊ नेपाल एक कृषि प्रधान देश हो । यहाँका ६६ प्रतिशत मानिसहरू कृषि पेशामा आश्रित छन् । फलतः कृषि विकासको लागि मल, बिउ, सिँचाइ आवश्यक पर्छ तर हाम्रो देशमा बाली लगाउने समयमा मलको अभाव सधैँ नै भइरहन्छ ।
कृषि आयात र आत्मनिर्भरताको चुनौती
कृषि आयात र आत्मनिर्भरताको चुनौती कृषिप्रधान देश भनेर चिनिएको नेपाल आज दैनिक उपभोगका धेरै कृषि वस्तुमा परनिर्भर बन्दै गएको छ । धान, मकै, तरकारी, फलफूलदेखि दूधजन्य पदार्थसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु केवल आर्थिक समस्या मात्र होइन, राष्ट्रिय आत्मनिर्भरतामाथिको गम्भीर चुनौती पनि हो ।
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए । 
थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै तुलसीपुर उपमहानगरपालिका–१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।
लुम्बिनी प्रदेशमा चैते धान रोप्ने क्षेत्रफल घट्दै
लुम्बिनी प्रदेशमा चैते धान रोप्ने क्षेत्रफल घट्दै लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तरार्ईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन । तराईका जिल्लामा धानखेतीको विकल्पमा हिउँदे मकैखेती लगाउने, केही जिल्लामा चिनी मिल सञ्चालनमा आएपछि किसान नगदे बालीको रुपमा उखुखेतीतर्फ आकर्षित हुँदा धानखेतीको क्षेत्रफल...
कृषि र पशुको स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी
कृषि र पशुको स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र पाल्पाले स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी तानसेनमा गरेका छन् । उनीहरुले लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा निर्वाचन लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तक्र्रिया तथा स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी गरेका हुन् ।
गाउँमा आएन डिपबोरिङमा पानी
गाउँमा आएन डिपबोरिङमा पानी दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गरेका थिए ।
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु 
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु  जिल्लाका तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘परागसेचन परियोजना’ सुरु भएको छ । नेपाल परागसेचन परियोजना अन्तर्गत विदेशी तथा स्वदेशी संघ संस्थाको सहयोगमा दिगो कृषि र जैविक विविधताका लागि परागसेचन वैज्ञानिक परीक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यहाँ सो परियोजना सुरु भएको हो ।  
 गाई–भैंसीको निःशुल्क गर्भ परीक्षण
 गाई–भैंसीको निःशुल्क गर्भ परीक्षण जिल्लाको एक स्थानीय तहले  कृषकले पालेका गाई–भैंसीको निःशुल्क  गभए परीक्षण गरिदिने गरेको छ । यहाँको पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोग पाल्पाको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गोठमै प्राविधिक पठाएर  गाइँ–भैंसीको निःशुल्क गर्भ परीक्षण  गर्दै आएको हो ।
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु हाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन
म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । 
गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कँुदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा संकटमा परेको मालिका गाउँपालिका–७ घमिरका नरबहादुर कार्कीले...
Weather Update