पाल्पा, कुमारी बैंक लिमिटेडले कोरोना राहत कोषमा सहयोग गरेको छ । विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि दमक उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत कोषमा बैंकले ५० हजार आर्थिक सहयोग गरेको हो ।
कोरोना भाइरस महामारीको रोकथामका साथै महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित बनाएका क्षेत्र र न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरु लाई दैनिक उपभोग्य सामग्री खरिदका लागि संघले कोष स्थापना गरेको हो । उक्त कोषमा जम्मा गर्नका लागि बैंकले रकम सहयोग गरेको जनाएको छ । बैंकले सेवाप्रवाहसँग सँगै कोरोना महामारीको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग समेत गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले केही दिन अघि जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सहकार्यका लागि सम्झौता समेत गरेको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउन सक्ने छन् । बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट सुविधा दिँदै आएकोे छ ।