पाल्पा, यामाहा मोटरसाईकल तथा स्कुटर कम्पनी यामाहा नेपाल (एमएडब्लू) ले नेपाल प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ । यामाहाले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यामाहा एफ जेड–२५ र सालुटो नामका दुईवटा मोटरसाइकल काठमाडौं कालिमाटी बिटमा नेपाल प्रहरीलाई दिएको हो ।
यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्रीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह र प्रहरी उपरीक्षक अपिल राज बोहरामार्फत प्रहरीलाई उक्त मोटरसाईकल प्रदान गरेका हुन् । गस्तीमा सहयोगी हुने र शहरको शान्ती र सुरक्षाको प्रयोजनका लागि नेपाल प्रहरीलाई दुई ओटा मोटरसाइकल हस्तान्तरण गरिएको यामाहा कम्पनीले जनाएको छ ।
कम्पनीले लामो समयदेखि शान्तिपूर्ण गस्तीमा सहयोगी हुने र शहरको शान्ती र सुरक्षाको प्रयोजनका निम्ती नेपाल प्रहरी/ट्राफिकलाई यामाहाका मोटरसाइकलहरू प्रदान गर्दै आइरहेको छ । सामाजिक कार्यहरूमा सामेल हुन र राष्ट्रको सुरक्षाबललाई आगामी दिनमा पनि सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । देश र जनताप्रतिको जिम्मेवारीमा समेत प्रतिवद्ध रहँदै आएको एम.ए.डब्लू राष्ट्रकै एक सम्मानित व्यावसायिक संस्था हो ।