Shittalpati
विकास बैंकहरुले पनि शेयर ब्रोकरको काम गर्न मागे अनुमती

पाल्पा,  विकास बैंकहरुले पनि धितोपत्र व्यवसाय (शेयर ब्रोकर)को काम गर्न अनुमती मागेका छन् । उनीहरुले आफ्ना सहायक कम्पनीहरु मार्फत शेयर ब्रोकरको काम गर्न अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्ड (सेवोन)सँग माग गरेका हुन् । बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघ नेपालले पत्रमार्फत यस्तो काम गर्न पाउनु पर्नेबारे बोर्डलाई अनुरोध गरेको छ ।


विकास बैकहरुले आफूले पनि सेयर ब्रोकर लाइसेन्स पाउनु पर्ने दावी गरेका छन् । धितोपत्र सम्बन्धी ऐनमा वाणिज्य बैंकहरुलाई सेयर दलालको काम गर्ने छुट दिइएको भएपनि विकास बैंकहरुले पाउने बाटो खुला नभएकाले आफूहरुलाई निषेध गरिएको गुनासो विकास बैंकहरुको छ । हालसम्म ५० ओटा शेयर ब्रोकरले शेयर कारोबार गर्ने काम गर्दै आएका छन् । तर वाणिज्य बैंकको सहायक कम्पनीलाई यस्तो कारोबार गर्ने अधिकार दिने भनिए पनि यसबारे धेरै विवाद भएकाले कुनै अहिले सम्म दिइएको छैनन् । ‘धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ,’ भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ, भन्ने व्यवस्था अनुसार नै विकास बैंकहरुले आफ्ना सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिन माग गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update