Shittalpati
काँग्रेस–एमाले गठबन्धन संकटमा
काँग्रेस–एमाले गठबन्धन संकटमा प्रदेश सरकारमा सत्ता साझेदारी गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य संकटमा परेको छ । दुई वर्षअघि दुई दलबिच भएको ७ बुँदे सहमतिको पालना हुन नसक्दा प्रदेशको गठबन्धन संकटमा परेको हो ।
सन्धिखर्कको इतिहास अब स्मृति स्तम्भमा
सन्धिखर्कको इतिहास अब स्मृति स्तम्भमा ऐतिहासिक घटनालाई पुस्तौँसम्म जीवन्त राख्ने उद्देश्यले शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका राजाको स्मृति स्तम्भ स्थापना गरिएको छ । युद्ध, वैमनस्य र संघर्षलाई अन्त्य गर्दै शान्ति, मेलमिलाप र सहकार्यको सन्देश दिने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा उक्त स्मृति स्तम्भ निर्माण गरिएको हो ।
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । स्याङ्जा जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय फैसला भई फरार रहेका हरिनास गाउँपालिका–४ का ४१ वर्षीय किम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको  हो ।
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलाली, मकवानपुर, नवलपरासी पश्रुचिम, बर्दिया र तनहुँ बाट अवैध लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ बजारबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पाल्पामा माओवादी नेताहरुको ‘कृषि क्रान्ति’
पाल्पामा माओवादी नेताहरुको ‘कृषि क्रान्ति’ सुन्दै आश्चर्य लाग्न सक्छ कुनै समय युद्धका हतियार सहित सशस्त्र जनयुद्धमा होमिएका माओवादी नेताहरु खेती किसानीमा लागेका छन् भन्दा । तर, परिस्थिति फेरिएको छ । हिजोका ती माओवादी योद्धाहरु अहिले युद्धका हतियार होइन, किसानी औजारका साथ कृषि क्रान्तिको अभियानमा लागेका छन् ।
वनफूलले सिँगारिएको ढोरपाटन
वनफूलले सिँगारिएको ढोरपाटन समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।
पाल्पासहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
पाल्पासहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।  जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ,काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह...
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो ।
पाल्पामा सकियो ७१ प्रतिशत धान रोपाइँ
पाल्पामा सकियो ७१ प्रतिशत धान रोपाइँ पाल्पामा  धान रोपाइँ ७१ प्रतिशत सकिएको छ ।  लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार जिल्लाभर  ७ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म ५ हजार १ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
नेविसंघद्वारा वृक्षारोपण
नेविसंघद्वारा वृक्षारोपण नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा इकाईले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार वृक्षारोपण गरेको छ । उसले क्याम्पसको विज्ञान संकाय भवन परिसरस्थित बतासेडाँडामा कपुर, धुपी, सल्ला, अमला, चिउरी लगायत विभिन्न प्रजातिका बिरुवा रोपेको हो  ।
बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा
बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा केही वर्षअघिसम्म प्रेमबहादुर कुमालको दिनचर्या माटाका गाग्री, हाँडी र भुर्का बनाउनमै बित्थ्यो । अहिले भने उनी प्रायः माटाका प्लेट र कप मात्रै बनाउन्छन् । बजारको माग फेरिएसँगै पुस्तौँदेखि अपनाउँदै आएको कुमाले पेसाले पनि नयाँ स्वरूप लिन थालेको छ ।
भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना आइतबार राती र सोमबार  देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको  हो ।
Weather Update