Shittalpati
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन

बुटवल, नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको समिति गठन भएको छ । दाङको भालुवाङमा भएको भेलाले रुपन्देहीका कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय महासंघको प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा घनश्याम घिमिरे (रुपन्देही) र पूर्णलाल चुके (बाँके), सचिवमा सि.एम. उपाध्याय (बाँके), कोषाध्यक्षमा गिरीराज आचार्य(दाङ) र सहसचिवमा डिल्लीनारायण पाण्डेय(रुपन्देही रहेका छन् । सदस्यहरुमा पाल्पाबाट जगदीश भट्टराई, रुपन्देहीबाट निर्मल अर्याल, कपिलवस्तुबाट जि.पि. पाण्डे, दाङबाट गजेन्द्र वली, बाँकेबाट हरि प्रसाद ज्ञवाली, बर्दियाबाट मेघराज सिग्देल चयन भएको जनाइएको छ । बाँकि सदस्यहरु समितिको बैठकले प्रदेशका १२ जिल्लाबाट १/१ जना र बाँकि मनोनयन गर्ने बताइएको छ ।

भेलामा सहभागीहरुले मुद्रण व्यवसायमा रहेका समस्याहरुको सुधार गर्न व्यवसायी बीचको एकता र व्यवहारमा परिर्वतन जरुरी रहेको बताएका छन् । व्यवसायी–व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा व्यवसाय धारशाही बन्नुका साथै प्रविधिको प्रयोग र राज्यका नीतिगत समस्याहरु हटाउन नसकिएको सहभागीहरुले बताए । भेलालाई सम्बोधन गर्दै महासंघका संस्थापक सचिव खेमप्रसाद लुइटेलले राज्यका गलत नितिका कारण व्यवसायमा बाधा उत्पन्न भएको बताउदै त्यसका सुधार गर्न महासंघले पहल गर्नु पर्ने बताए । महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीले व्यवसाय प्रर्वद्धनका लागि व्यवसायिक एकता आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update