पाल्पा, सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सबै शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ ।
बैंकले विगत ९ वर्षदेखि काठमाडौं बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदानगर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहे हो । सोहि कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको छ । छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध रहेको छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरू तथा शैक्षिक सामग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगद वृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिने पनि बैंकले जनाएको छ ।