Shittalpati
फेरि बढ्यो इन्धनको मूल्य

पाल्पा, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य फेरी बढाएको छ । निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमले सोमबार रातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धनको मूल्य २/२ रुपैयाँ बढाएको । अन्र्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारणले आन्तरिक बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १३०, डिजेल–मट्टितेल ११३ तथा हवाई इन्धनको आन्तरिकको मा ८६ रुपैयाँ पुगेको छ भने हवाई इन्धनमा बाह्यतर्फ प्रति किलोलिटरमा १६ अमेरिकी डलर बढेर ७ सय ७० पुगेको छ । त्यसैगरी खाना पकाउने एलपीजी ग्याँसको मुल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ वृद्धि गरी १ हजार ४ सय ५० पुगेको निगमले जनाएको छ ।

मुल्य समायोजन पश्चात निगमलाई पेट्रोलमा ८.४२ रुपैयाँ, डिजेलमा २.६४ रुपैयाँ र ग्याँसमा प्रति सिलिण्डर ४२० रुपैयाँ घाटामा रहेको निगमले जनाएको छ । विगत १५ दिनमा निगमले ९६ करोड ९ लाख घाटा रहेको पनि निगमले जनाएको छ । वृद्धि भएको मूल्य सोमबार रातीबाट कार्यान्वनयमा आएको छ । मूल्य समायोजन गर्दा पनि १५ दिनमा करिव ९६ करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा नेपालमा इन्धन सस्तो रहेको निगमको दाबी छ। निगमका अनुसार भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल लिटरमा ४१ रुपैयाँ १९ पैसा, डिजेल लिटरमा ४४ रुपैयाँ चार पैसा सस्तो रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update