बैंक म्यानेजरमाथि हातपात गरेको अभियोगमा पक्राउ
शुक्रबार, चैत ६, २०८२
पाल्पामा मगर एकता दिवस मनाइयो
शनिबार, फागुन १६, २०८२
मगर समुदायको बाहुल्य रहेको पाल्पामा धुमधामका साथ ४४ औं राष्टिूय मगर दिवस मनाइएको छ । दिवसका अवसरमा यहाँका विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् ।
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प
बुधबार, फागुन १३, २०८२
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन् ।
पाल्पा अस्पतालमा लायन्स क्लवको सहयोगमा वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइँदै
सोमबार, फागुन ११, २०८२
पाल्पा अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न बैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तर्राष्ट्रिय लायन्स क्लवको आर्थिक सहयोगमा अस्पताल प्रशासन र व्यवस्थापन समितिसँगको समन्वयमा फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।
पाल्पामा दुई हजार ४३ किशोरीलाई एचपीभी खोप लगाइँदै
शनिबार, माघ २४, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘Þयुमन पापिलोमा भाइरस’ (एचपीभी) खोप देशभरि नै लगाउने भएको छ ।
हिमालको उदय यात्रा : विद्यार्थी राजनीतिदेखि संसद् यात्रामा
आइतबार, माघ १८, २०८२
सामाजिक र राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो हिमालदत्त श्रेष्ठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट उदाएका श्रेष्ठ नेपाली राजनीतिको प्रभावशाली युवा नेतामध्ये एकका रूपमा परिचित छन् । युवा पुस्तामाझ लोकप्रिय छवि बनाउन सफल उनको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट प्रारम्भ भएको हो । मातापिता बाबुराम श्रेष्ठ र तिलकुमारी श्रेष्ठका छोरा...
भोलिदेखि तेस्रो ‘तानसेन महोत्सव’ हुँदै
बुधबार, माघ १४, २०८२
पाल्पाको तानसेनमा भोली (विहीबार) देखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु हुँदै छ । तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ हुन लागेको हो ।
पाल्पा जेसीजको ४६ औं अधिवेशन, अध्यक्षमा खनाल
आइतबार, माघ ४, २०८२
पाल्पा जेसीजमा जेसीज महेश खनालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । जेसीजको ४६ औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षमा नयाँ समिति चयन गरेको हो ।
पहिरोले उजाडिएको बिसौना, पीडितले पाए डेढ दशकपछि लालपुर्जा
शनिबार, पुस २६, २०८२
पहिरोले पटक–पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपूर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।
तानसेन नगर सभाको १८ औं अधिवेशन, तीन विधेयक पारित
शुक्रबार, पुस २५, २०८२
जिल्लाको तानसेन नगरपालिका नगर सभाको १८ औं अधिवेशन भएको छ । विहीबार भएको नगर सभाको अधिवेशन विभिन्न विधेयक सहित प्रगति प्रतिवेदन पारित गर्दै सकिएको हो ।
पूर्वखोला गाउँपालिकाको सार्वजनिक सूनुवाई
बुधबार, पुस २३, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२ को श्रावण देखी पुस १७ गते सम्म कार्यालयले प्रदान गरेको सेवा प्रवाह एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । कार्यालयले प्रथम चौमासिक सार्वजनिक सूनुवाइ मार्फत चालु आर्थिक बर्षको हालसम्म भएका गतिविधीहरु सावजनिक गर्दै जनताका गुनासा, सुझाव, अपेक्षाहरु संकलन गरेको हो ।
स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी
बुधबार, पुस २३, २०८२
अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।
रामपुर बालमैत्री पालिकाको अभ्यासमा
बुधबार, पुस २३, २०८२
जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी थालेको छ । २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरेको नगरपालिकाले तयारी तिव्र पारेको हो ।


