Shittalpati
आज हरिपरिवर्तिनी एकादशी : भगवान् विष्णुको पूजा गरिँदै
आज हरिपरिवर्तिनी एकादशी : भगवान् विष्णुको पूजा गरिँदै हिन्दू धर्मावलम्बीहरूले आज हरिपरिवर्तिनी एकादशी व्रत श्रद्धापूर्वक मनाउँदैछन् ।  भाद्र शुक्ल पक्षमा पर्ने यस एकादशीलाई भगवान् विष्णुको पूजा–आराधना तथा उपासनाका लागि महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।
विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै आज सेप्टेम्बर २१ अर्थात ‘विश्व शान्ति दिवस’ नेपाललगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने गरिन्छ ।
आज विश्व अल्जाइमर्स दिवस
आज विश्व अल्जाइमर्स दिवस विश्वभर आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अल्जाइमर्स दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने गरिन्छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो ।
हराउँदै ‘अग्राशन’ लैजाने चलन
हराउँदै ‘अग्राशन’ लैजाने चलन अग्राशन लैजाने चलन हराउँदै गएको छ । अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ। थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ । माघी र दसैँपछिको विशेष महत्त्व दिने पर्व हो ‘अट्वारी’ वा अग्राशन ।
‘संविधान दिवस’ को ११ वर्ष
‘संविधान दिवस’ को ११ वर्ष आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ११ वर्ष भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । हरेक वर्ष असोज ३ गते नेपालले संविधान दिवस मनाउँछ । यो दिन केवल एउटा राष्ट्रिय पर्व मनाउने अवसर मात्र होइन, नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण...
विश्वकर्मा पूजा आज, कलकारखाना तथा औजारको पूजाआजा गरिँदै
विश्वकर्मा पूजा आज, कलकारखाना तथा औजारको पूजाआजा गरिँदै निर्माण, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार र मेसिनरीका देवता मानिने भगवान् विश्वकर्माको पूजा आज नेपालभर श्रद्धापूर्वक मनाइँदैछ । विश्वकर्मा पूजाका अवसरमा कलकारखाना, वर्कसप, निर्माणस्थल, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको विशेष पूजा तथा सरसफाइ गर्ने चलन छ ।
आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै
आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । विज्ञान तथा प्रविधिको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, वैज्ञानिक सोचको विकास गर्ने तथा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
विश्व बिरामी सुरक्षा दिवस नेपालमा पनि मनाइँदै
विश्व बिरामी सुरक्षा दिवस नेपालमा पनि मनाइँदै आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको साथ यो दिवस मनाउने तयारी छ । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।
आज विश्व ओजोन तह बचाउ दिवस मनाइँदै
आज विश्व ओजोन तह बचाउ दिवस मनाइँदै आज विश्व ओजोन तह बचाउ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आइएको छ । ओजोन तहको संरक्षणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।  
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाएका हुन् ।
बदलिँदो तीज : हराउँदै पुराना भाका, बढ्दै भड्किलोपन
बदलिँदो तीज : हराउँदै पुराना भाका, बढ्दै भड्किलोपन कुनै समय तिज आउनु भनेको माइतीघरको बाटो सम्झनु, चेलीबेटी लिन दाजुभाइ गाउँघरका उकाली–ओराली काट्नु र आँगनमा जम्मा भएर दुःख–सुखका गीत गाउँदै रात बिताउनु थियो । भदौरे झरीमा खोला–खहरेको भेल छिचोल्दै माइती पुग्दा चेलीका लागि त्यो खुसीको क्षण हुन्थ्यो । तर समयसँगै तीज मनाउने शैली फेरिएको छ ।
महिनाभर मनाउने गुँला पर्व आज सकिदै
महिनाभर मनाउने गुँला पर्व आज सकिदै नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । श्रद्धा र भक्तिपूर्वक मनाउँदै आएको गुँला पर्व विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित समापन हुन लागेको  भएको हो ।
Weather Update