Shittalpati
एक सय ९३ नयाँ कुष्ठरोगी फेला
एक सय ९३ नयाँ कुष्ठरोगी फेला गत आर्थिक वर्ष ०८२/०८३ मा १९३नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थितसाइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् ।
भोटेकोशी बाढी : डीएनए परीक्षण तीव्र
भोटेकोशी बाढी : डीएनए परीक्षण तीव्र भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना सड्ढलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । नेपालसहित विश्वभर विगतमा जस्तै विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो  प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।
तानसेनमा सर्वदा आई केयर, ३६० जनाले लिए निःशुल्क आँखा सेवा
तानसेनमा सर्वदा आई केयर, ३६० जनाले लिए निःशुल्क आँखा सेवा पाल्पा जिल्लाको तानसेनस्थित शितलपाटीमा सर्वदा आई केयर सञ्चालनमा आएको छ । तिलगंगा आँखा अस्पताल, काठमाडौंबाट विशेषज्ञता हासिल गर्नुभएकी दृष्टि विशेषज्ञ संगीता भट्टराईको नेतृत्वमा आई केयरले दैनिक विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
पाल्पामा डेंगी संक्रमण बढ्दो
पाल्पामा डेंगी संक्रमण बढ्दो जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यहाँ २ सय ५५ जनामा  डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए ।
पहिचान नखुलेका सात शवको पाल्पामा व्यवस्थापन
पहिचान नखुलेका सात शवको पाल्पामा व्यवस्थापन भोटेकोशी बाढीपछि नारायणी नदी किनारमा भेटिएर लामो समयसम्म पहिचान हुन नसकेका सातवटा शव पाल्पामा व्यवस्थापन गरिएको छ । बाढीपहिरोमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवलाई कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने सरकारी निर्णयअनुसार ती शव पाल्पा ल्याइएको थियो ।
पाल्पा अस्पतालको सेवा सुधारसँगै भौतिक पूर्वाधार विकासमा जोड
पाल्पा अस्पतालको सेवा सुधारसँगै भौतिक पूर्वाधार विकासमा जोड जिल्ला अस्पताल पाल्पाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गरेको छ । अस्पतालले पछिल्लो समय हासिल गरेका उपलब्धि, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी योजनाबारे छलफल गरेको हो ।
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति पाल्पा अस्पतालको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न शनिबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले अस्पतालको भौतिक पूर्वाधार विकासलाई तत्काल अघि बढाउने निर्णय गरेको छ ।
डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान
डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान वीर अस्पतालस्थित नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ । कोही ‘बेड’ नपाएर तनावमा छन् । कोही दुखाइको छटपटीमा छन् । कोही बिरामी भेट्न जानेहरु छन्, कोही आफ्ना बिरामीको अवस्था देखेर हतासमा छन् ।  कोही उपचारपश्चात् घर फर्कने तयारी छन् ।
तानसेनमा २४सै घण्टा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन हुँदै 
तानसेनमा २४सै घण्टा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन हुँदै  पाल्पाको तानसेनमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ पोलिक्लिनिक सञ्चालनमा आउने भएको छ । खस्यौली स्वास्थ्य केन्द्रका डा. चुरामणि रेग्मी नेतृत्वको टोलीले तानसेन नगरपालिका–३, सिल्खानटोलमा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
एलएमसीमा कर्मचारी निष्कासन विवाद : ‘पूर्वसूचना बिना कामबाट हटाइयो’
एलएमसीमा कर्मचारी निष्कासन विवाद : ‘पूर्वसूचना बिना कामबाट हटाइयो’ जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी) मा नयाँ व्यवस्थापन आएपछि कर्मचारी हटाउने क्रम सुरु भएको छ । पुराना सेयर होल्डर बाहिरिएपछि नयाँ व्यवस्थापन पक्षले  धामाधम कर्मचारी निकाल्न थालेको हो । 
गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी सेवा
गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी सेवा गुल्मी अस्पताल तम्घासमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ ।  पछिल्लो समय विभिन्न प्रकारका विशिष्टिकृत सेवा प्रदान गर्न सुरु गरेको अस्पतालले इकोकार्डियोग्राफी स्क्रिनिङ अर्थात् इको सेवा समेत प्रारम्भ गरेको हो । 
Weather Update