पाल्पा,मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले सरसफाई गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार तानसेनस्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको हो ।
मन्दिरलाई आकर्षक र वातावरणिय सन्तुलनलाई कायम राख्न बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरफाई गरिएको बैंकका शाखा प्रवन्धक विष्णुप्रसाद भण्डारीले बताए । आर्थिक कारोवारसँगै बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै आएको प्रवन्धक भण्डारीको भनाई छ । उनले भने ‘हामीले वित्तिय सेवा मात्र दिएका छैनौ, विभिन्न संघसंस्थाहरुको सहकार्यमा सामाजिक कार्य समेत गरेका छौ, आगामी दिनमा पनि सामाजिक कार्यमा निजी संघसंस्थाहरुसँग हातेमालो गर्न तयार छौं ।’ बैंकले मन्दिर व्यवस्थापन समिति, सिद्धिविनायक सहयोग समिति र टोलविकास संस्थाहरुको समन्वयमा सरसफाई गरेको हो ।
कार्यक्रममा सिद्धिविनायक सहयोग समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बैंकले उदारहरणीय कार्य गरको भन्दै खुसी व्यक्त गरे । उनले बैंकहरुले वित्तिय कारोबार मात्र होइन सामाजिक कार्यमा समेत संलग्न रहन्छन् भन्ने कुराको प्रमाण मेगा बैंकले दिएको बताए । सरसफाई कार्यक्रममा सहकारी अभियान्ता भूगोलमान बैंजु,मिलिजुली टोल विकास संस्थाकी अध्यक्ष सुनिता श्रेष्ठ, बैंकका कर्मचारीहरु लगाएतको सहभागीता रहेको थियो ।
बैंकले तानसेनमा अध्याधुनिक बैकिङ्ग सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै आएको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्यमा बैंकले महत्वपूर्ण योगदान पुर्याएको छ । साउन महिनाको अवधिमा मात्रै मेगा बैंकका १२ वटा शाखाहरु विस्तार भएका छन् । अहिले मेगा बैंकका देशभर १९९ शाखा कार्यालयहरु रहेका छन् भने २४ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रवाह भइरहेको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई ‘हलोदेखि हाइड्रोसम्म’ को सेवा पुर्याउने उद्देश्यले बैंकले अहिले शाखा विस्तारलाई तीव्रता दिदै आएको छ ।