महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत
शुक्रबार, असार ४, २०७८
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा
शुक्रबार, असार ४, २०७८
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारमा राहत लिएर गएका छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले पुरिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारमा राहत लिएर गएका हुन् ।
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा
मंगलबार, असार १, २०७८
पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम
शनिबार, जेठ २९, २०७८
हेफर ईन्टरनेशनल नेपालले जिल्लाका थप तीन स्थानीय तहलाई राहत रकम सहयोग गरेको छ । जिल्लाका ७ स्थानीय तहलाई कोभिड विरुद्ध लड्नको राहत रकम सहयोग गरिसकेको हेफरले जिल्लाका थप तीन स्थानीय तहलाई पनि रकम सहयोग गरेको हो ।
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल
बुधबार, जेठ २६, २०७८
कोरोना महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशको आयोजनामा भर्चुअलमार्फत सहकारीहरुको सामाजिक दायित्वका विषयमा छलफल भएको हो ।
पाल्पामा बैंकहरु खुलेपछि बढ्यो भिड–भाड
मंगलबार, जेठ २५, २०७८
कोरोना सक्रमणको कारण एक महिना देखी सुनसान बनेको पाल्पाका बजारहरुमा बैंकहरु सञ्चालनमा आएसंगै भिडभाड बढेको छ । जिल्लाका सबैजसो बैंकहरुमा मानिसहरु लाईन लागेर पैसा झिक्न बैकसम्म पुग्ने गरेका छन् ।
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख
सोमबार, जेठ २४, २०७८
हेफर ईन्टरनेशनल नेपालले कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटा स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि हेफरले पाल्पाका स्थानीयतहहरुमा सहयोग रकम प्रदान गरेको हो ।
पाल्पाली पत्रकारलाई अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग
आइतबार, जेठ २३, २०७८
पाल्पाली पत्रकारहरुका लागि अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग भएको छ । रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुको सहयोगमा पत्रकारहरुको लागि २५ थान पल्स अक्सिमिटर सहयोग प्राप्त भएको हो ।
कालिगण्डकी गाउँपालिकाले दियो सञ्चारकर्मीलाई खाद्यान्न
शुक्रबार, जेठ २१, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिकाले कोरोना माहारीबाट प्रभावित सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । कोभिड महामारीका बिच अग्रमोर्चामा रहेर सूचना प्रवाह गर्ने गाउँपालिका भित्रका पत्रकार तथा सञ्चारकर्मीहरुलाई आधारभुत राहत वितरण गरेको हो ।
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री
शुक्रबार, जेठ २१, २०७८
गुल्मीमा कोभिड महामारीका कारण आर्थिक संकटमा परेका जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एक व्यवसायीले राहत सामग्री दिएका छन् । रुरुक्षेत्र गाउँपालिका ५ बम्घा घर भई हाल तम्घासमा अक्षता किराना पसल सञ्चाल गर्दै आएका विजय चन्द्र ज्ञवालीले कोभिडबाट प्रभावित जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत सहयोग गरेका हुन् ।
हेफरले गर्यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग
शुक्रबार, जेठ २१, २०७८
हेफर ईन्टरनेशनल नेपालले पाल्पाको तिनाउ गाउँ सरकारको कोभिड राहत कोषमा सहयोग गरेको छ । हेफरले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारले स्थापना गरेको राहत कोषमा १५ लाख सहयोग गरेको हो ।
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग
शुक्रबार, जेठ २१, २०७८
गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन अभियानमा प्रवासी नेपालीबाट सहयोग जुटेको छ । स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य वामीवासीहरुले विपद् व्यवस्थापन अभियानमा सहयोग गरेका छन् ।
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण
बिहीबार, जेठ २०, २०७८
ग्लोबल आईएमई बैकंले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्तर्गत रहेर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।


