अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन
शुक्रबार, भदौ २५, २०७८
इसेवाबाट आइफोन १२ जित्ने अवसर
शुक्रबार, भदौ २५, २०७८
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत आइफोन १२ जित्ने सुनौलो अवसर आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने भएको हो ।
वल्र्डलिंकले ल्यायो ३ सय एमबिपिएस क्षमताको इन्टरनेट
शुक्रबार, भदौ २५, २०७८
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले ३ सय एमबिपिएस क्षमताको इन्टरनेट ल्याएको छ । कम्पनीले फोटोन स्किबमअन्तर्गत यो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
‘सुजुकी पर्वोत्सव’ योजना
बुधबार, भदौ २३, २०७८
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार लक्षित योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको हो ।
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’ बजारमा
सोमबार, भदौ २१, २०७८
हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा ल्याएको हो ।
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
सोमबार, भदौ २१, २०७८
यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।
आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि सहयोगको अपिल
आइतबार, भदौ २०, २०७८
आर्थिक अभावमा उपचार गर्न समस्या परेपछि गुल्मीका एक मृगौला पिडितले सहयोगको अपिल गरेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –५ अमर अर्बाथोक निवासी ६४ वर्षीय मृगौला पिडित नेत्रबहादुर मिदुनले आर्थिक अभावमा उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् ।
टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
शनिबार, भदौ १९, २०७८
नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
नेप्से र कारोबार रकम दुवैमा ओरालो
शुक्रबार, भदौ १८, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९ सय २६.८९ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।
अब दराजको सामान रिटर्न गर्न सजिलो हुने
बिहीबार, भदौ १७, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकको लागि अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमईपेसँग साझेदारी गरी देशका विभिन्न भागमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ ।
मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
बुधबार, भदौ १६, २०७८
गुल्मीमा पीडितको घरमा पुगेर राहत हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत हस्तान्तरण गरेकी हुन् ।
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना
बुधबार, भदौ १६, २०७८
ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ ।
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
मंगलबार, भदौ १५, २०७८
तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।


