Shittalpati
बुटवलमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह
बुटवलमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई स्वच्छ, स्वस्थ, वातावरणमैत्री र मौलिक संस्कृतिको संरक्षणसहित मनाउन बुटवल उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीमा हार्दिक अपिल गरेको छ ।
दुना–टपरी उद्योगमा जुटे तानसेनका महिला
दुना–टपरी उद्योगमा जुटे तानसेनका महिला दुना–टपरी उद्योग खोलेर तानसेनका महिला स्वरोजगार बन्न थालेका छन् । वनमा खेर जाने सालका पातलाई सदुपयोग गर्दै परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि तानसेन नगरपालिका–२ का महिलाका लागि आम्दानीको नयाँ बाटो खुलेको हो ।
 रानीमहलको सौन्दर्य संकटमा 
 रानीमहलको सौन्दर्य संकटमा  प्रेमको प्रतीकका रूपमा परिचित पाल्पाको ऐतिहासिक रानीमहल संरक्षणको अभावमा कुरूप बन्दै गएको छ । गत असोज ११ गतेको अविरल वर्षापछि आएको डुबान र बाढीले रानीमहल आसपासको बस्ती बगरमा परिणत गरेको छ ।
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर, बाँके, धनुषामा अवैध लागूऔषसहित चार जना पक्राउ परेका हुन् ।
अवैध लागूऔषध सहित २१ जना पक्राउ
अवैध लागूऔषध सहित २१ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २१ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कञ्चनपुर, कैलाली, बाँके, पर्सा, काठमाडौं लगायतका स्थनबाट लागूऔषध सहित २१ जना पक्राउ परेका हुन् । 
भूपू सैनिक संघ पाल्पाको शुभकामना आदान प्रदान तथा सम्मान  कार्यक्रम
भूपू सैनिक संघ पाल्पाको शुभकामना आदान प्रदान तथा सम्मान  कार्यक्रम नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले  विजया दशमीको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना  गरी दशैंको शुभकामना तथा नेपाली काँग्रेसको १५ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरु र जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।   
रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने
रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने जिल्लाको रामपुर नगरपालिकाले करदातालाई स्थानीयस्तरबाटै सेवा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान) दर्ता सेवा सञ्चालनमा ल्याएको छ । पान दर्ताका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै नगरपालिकाले मंगलबारदेखि आफ्नै कार्यालयबाट सेवा दिन थालेको हो ।
आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइँदै आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विपद् जोखिम व्यवस्थापनमा सबै पक्षको सहभागिता बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस ‘एउटा हुलाक सञ्जाल, असीम सम्भावनाहरू’ भन्ने नाराका साथ पाल्पामा १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले सेवाग्राहीलाई स्वागत, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सेवानिवृत्त कर्मचारी र सञ्चारकर्मीलाई सम्मान, फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सहयोग तथा कार्यालय परिसर सरसफाइ गरी दिवस मनाएको हो ।
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने ‘दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव–२०८३’ विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
भारतबाट दसैँ मनाउन ५० हजारभन्दा बढी नेपाली फर्किए
भारतबाट दसैँ मनाउन ५० हजारभन्दा बढी नेपाली फर्किए भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेको भीड लागेको छ ।         दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीको संख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए ।
पाल्पामा भन्सार छलीका लाखौँ मूल्यका सामान बरामद
पाल्पामा भन्सार छलीका लाखौँ मूल्यका सामान बरामद जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका सामान बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा भन्सार छली गरी ल्याइएका कस्मेटिक सामग्री तथा कपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
Weather Update