नेप्से एकल अंकले घट्यो
बिहीबार, फागुन १, २०८१
अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्छ : प्रचण्ड
बिहीबार, फागुन १, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै
बिहीबार, फागुन १, २०८१
विश्व रेडियो दिवस आज नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
आगोमा जलेर एक वृद्धको मृत्यु
बुधबार, माघ ३०, २०८१
जिल्लामा आगोमा जलेर एक वृद्धको मृत्युु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
सोमबार, माघ २८, २०८१
कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।
ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार बालकको मृत्यु
सोमबार, माघ २८, २०८१
स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिदार्थ राजमार्गमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । आइतबार राति साढे ८ बजेतिर वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा...
विषादीविरुद्ध सचेतना जरुरी
आइतबार, माघ २७, २०८१
पछिल्लो समय मानिसहरुले उत्पादन बढाउने नाममा तरकारी तथा फलफूलमा जथाभावी विषादी हाल्ने गरेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी
शनिबार, माघ २६, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले युवालाई स्वदेशमै रोक्ने कर्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ
शुक्रबार, माघ २५, २०८१
पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।


