Shittalpati
सेयर बजारमा एकै दिन २१ अर्बको कारोबार

पाल्पा,सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो कारोबार दिन सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो ।

 सो अवधिमा २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि साउन १ गते १६ अर्ब बढीको सेयर कारोबार भएको थियो । मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । नेप्से परिसूचक शून्य दशमलव ३२ अंकले बढेको छ । नेप्से विन्दु २ हजार ८ सय ७० दशमलव ९५ विन्दुमा उक्लिएको छ । १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको मूल्य घट्यो । कुल १ लाख ७८ हजार १७६ पटकको किनबेचबाट ५ करोड १६ लाख ५८ हजार ३ सय ८५ कित्ता सेयर खरिदबिक्री भएको छ । यसदिन ३ सय १६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३ सय ८५ कित्ता सेयर २१ अर्बमा खरिदबिक्री भए हो ।  यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए । उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो । यसैगरी ट्रेड टावर,शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढ्यो । कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो । बुटवल पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले  ५६ करोड,नगदी ग्रुपको ५० करोड र  सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो । सो अवधिमा पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update