Shittalpati
‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा

पाल्पा, पाल्पाली साहित्यकार तथा लेखक पुष्कर अथक रेग्मीका बारेमा साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा एक औपचारिक कार्यक्रम गरी उक्त अंकको चर्चा परिचर्चा गरिएको हो ।

 कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले राष्ट्रियस्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु पाल्पालीका लागि गौरवको विषय भएको बताए । उनले भने “पुष्कर पाल्पाको साहित्य क्षेत्रको वर्तमानमा अहोरात्र खटिरहने साँच्चै अथक पात्र हुन् ।”

विशेषाङ्कको परिचर्चा गर्दै साहित्यकार पत्रकार एवं परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराईले बहुमुखी प्रतिभाका धनी पुष्कर अथक रेग्मी बहुआयामिक हुनुका साथै बहुविधामा कलम चलाउँदै र साहित्यका चारवटै विधामा कृति प्रकाशित गरिसकेका स्थापित साहित्यकार भएको बताए । जनमत पत्रिकाले उनको कदर गरि विशेषाङ्क निकालेको हो । विशेषाङ्कभित्र १९ जना स्रष्टाहरूले अथकको बारेमा विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएका लेखहरू प्रकाशित भएका छन् ।

कार्यक्रममा ४८ जना स्रष्टा र द्रष्टाहरूको सहभागीता रहेको थियो । समाजका संरक्षक  राजेन्द्र गोपाल सिंहको अध्यक्षता, अध्यक्षत पुष्कर अथक रेग्मीको स्वागत र सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update