एनजेडीकर्मी पोखरेलसहित ८ पत्रकार पुरस्कृत
आइतबार, पुस २८, २०८१
शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकार ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट सम्मानित
शनिबार, पुस २७, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’बाट शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेललाई सम्मान गरेको छ । शाखाले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पोखरेललाई ‘प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको हो ।
रामपुर नगर सभाको १६ औँ अधिवेशन : संशोधित स्थानीय युवा परिषद् ऐन पारित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सकिएको छ । स्थानीय युवा परिषद् ऐन संशोधन सहित विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सर्वसम्मत पारित गरी अधिवेशन सकिएको हो ।
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रामपुरमा लक्ष्मीनारायण पाटी संग्रहालय स्थापना गरिएको छ । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा उक्त संग्रहालयको स्थापना गरिएको हो । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित धर्मशालामा स्थापना गरिएको पाटी संग्रहालयको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा
बिहीबार, पुस २५, २०८१
२०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २५ औं वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो ।
प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना
बिहीबार, पुस २५, २०८१
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको अध्यक्ष यमलाल तिमिल्सेना सर्वसम्मत चयन भएका छन् । बुधबार संघको तानसेनमा भएको तेस्रो जिल्ला अधिवेशनले तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो ।
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै
बुधबार, पुस २४, २०८१
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रत्येक वर्षको पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने गरिएको हो ।
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन
बुधबार, पुस २४, २०८१
बाक्लो हुस्सु र शितलहरका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।
अर्गानिक कृषि प्रणाली अपनाऔं
बुधबार, पुस २४, २०८१
पछिल्लो समय नेपालमा विषादी र रासायनिक मलको अत्यधिक प्रयोग गरेर कृषि व्यवसायी गर्ने गरिएको छ । उत्पादन बढाउने नाममा विषादीको बढी मात्रमा प्रयोग गरिएको पाइन्छ ।
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
मंगलबार, पुस २३, २०८१
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो ।
हराउँदै गयो गुन्द्री बुन्ने चलन
मंगलबार, पुस २३, २०८१
पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।
जाडो बढेपछि बन्द हुन थाले विद्यालय
मंगलबार, पुस २३, २०८१
केही दिन यता तराईका जिल्लाहरुमा अत्याधिक रुपमा चिसो बढेको छ । अधिकतम तापक्रम कम हुँदा चिसो अत्यधिक बढ्दै गएको हो ।
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
मंगलबार, पुस २३, २०८१
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।


