Shittalpati
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै

पाल्पा, प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा  भोली (मंगलबार) नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । काँग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा वृक्षारोपण र अन्तक्र्रिया गरी वि.पि स्मृति दिवस मनाउन लागेको हो ।

 कार्यक्रममा सहभागी हुन पार्टीका सम्पूर्ण तह र तप्काका नेता, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई  जिल्ला सभापति हिमालदत्त श्रेष्ठले आग्रह गरेका छन् । उनले जो जसलाई जहाँका अनुकुल मिल्छ त्यहाँ सहभागी हुन भनेका छन् । वृक्षारोपण कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरिएको सभापति श्रेष्ठको भनाई छ ।

काँग्रेस जिल्ला कार्यसमितिले नेपाली काँग्रेस तानसेन नगरपालिका–१० वडा कार्यालयको व्यवस्थापनमा तेल्घाको भारकेसडाँडामा अपराह्न्न १२ बजे वृक्षारोपण गर्ने पार्टी प्रवक्ता शोभाकर न्यौपानेले बताए । उनका अनुसार केही पालिकाहरुमा वृक्षारोपण, वृक्षासंरक्षण, सरसफाई र अन्तक्र्रिया कार्यक्रमहरु हुने छन् । पछिल्लो समय जलवायु परिवर्तनको असर बढ्दै गएको र वातावरणलाई स्वच्छ राख्न वृक्षारोण कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रवक्ता न्यौपानेको भनाई छ ।

विपीको स्मृतिमा काँग्रेसले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको स्मरणमा प्रत्येक वर्ष साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका वि.पि. २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि उनले संसदको चुनाव स्विकारे । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । वि.पि. नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । वि.पिको निधन भएको चार दशक हुँदा समेत उनले प्रतिपादन गरेको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update