नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि
सोमबार, फागुन ५, २०८१
कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले...
हाइड्रोजन भरिएका बेलुनको प्रयोग बन्द गर
सोमबार, फागुन ५, २०८१
पछिल्लो समय मेला, महोत्सव र विभिन्न औपचारिक कार्यक्रमहरुमा हाइड्रोजन भरिएका बेलुनको प्रयोग बढ्दो छ । यसको प्रयोग जोखिमपूर्ण छ भन्ने हेक्का कमैमा छ । जसले गर्दा यसको प्रयोग बढ्दो रहेको हो । हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुने गरेको विज्ञहरुले समेत बताउँदै आएका छन् ।
गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटारामा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो ।
सरकारको बजेट खर्च सुस्त, सात महिनामा ४० प्रतिशत मात्रै
आइतबार, फागुन ४, २०८१
सरकारले विकास निर्माणका आयोजनालाई गति दिन नसक्दा बजेट खर्चको अवस्था पनि दयनीय रहेको पाइएको छ । सरकारले चालु आर्थिक वर्ष सकिन ५ महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको हो ।
कृषि अनुदान प्रणाली सुधार
आइतबार, फागुन ४, २०८१
किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ । त्यही बजेटमार्फत किसानलाई विभिन्न प्रकारका कृषि सामग्रीमा अनुदान, उत्पादनमा आधारित अनुदान, आय सुनिश्चितता अनुदान दिने गरिन्छ । हरेक वर्ष पशुपालन र उन्नत खेतीदेखि कृषि औजार खरीदमा अनुदानका कार्यक्रम चलेका छन् ।
व्यवहारिक र नैतिक शिक्षा आजको आवश्यकता हो : नगर प्रमुख थापा
शनिबार, फागुन ३, २०८१
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रामपुरको ६२ औँ वार्षिक उत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन
शनिबार, फागुन ३, २०८१
मुलुकको आर्थिक अवस्था जर्जर छ । तर, भ्रष्टाचार भने मौलाउँदो छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ । टीआईले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ ले पनि भ्रष्टाचार मुलुकको गम्भीर समस्याका रूपमा देखाएको छ ।
रानीमहल क्षेत्रको विकासमा दुई प्रदेश सरकारको प्रतिबद्धता
शुक्रबार, फागुन २, २०८१
पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल क्षेत्रको विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारले साझा प्रतिबद्धता जनाएका छन् । रानीमहलमा बुधबार बसेको दुई प्रदेशको समन्वयात्मक बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रानीमहलको प्रवद्र्धन र संरक्षण तथा यस क्षेत्रमा जलाशय सहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य...


