‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल
बुधबार, माघ ९, २०८१
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माविलाई
मंगलबार, माघ ८, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा मावि तम्घासले हात पारेको छ । तम्घासको चिदीचौर खेल मैदानमा सञ्चालन भएको अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ स्वर्ण, १० रजत, ४ कास्य प्राप्त गर्दै रेसुङ्गा माविले उपाधि जित्न सफल भएको हो ।
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस
मंगलबार, माघ ८, २०८१
लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको सोमबारको चौथौ बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बैंठकमा विधेयक पेस गरेका हुन् ।
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
सोमबार, माघ ७, २०८१
पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता
सोमबार, माघ ७, २०८१
सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको हो ।
पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
शनिबार, माघ ५, २०८१
पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।
स्याङ्जामा टिपर दुुर्घटना : एकको मृत्युु, चार घाइते
शनिबार, माघ ५, २०८१
स्याङजाको आँधिखोला गाउँपालिका –५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना भएको छ । शुक्रबार राती कृषिबाट ओहियातर्फ जाँदै गरेको ग. १ क. ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो ।
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ
शुक्रबार, माघ ४, २०८१
हत्या गरेको अभियोगमा रुपन्देहीमा एक युुवक पक्राउ परेका छन् । जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा युुवक पक्राउ परेका हुन् ।
नेप्से परिसूचक घट्यो
बिहीबार, माघ ३, २०८१
धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक विहीबार सात दशमलव ३३ अङ्कले घटेको हो । नेप्से घटेसँगै दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ । सो अवधिमा दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ...
अमेरिकामा टिकटक बन्द गर्ने तयारी
बिहीबार, माघ ३, २०८१
शक्तिशाली अमेरिकामा टिकटक बन्द गर्ने तयारी भएो छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, माघ ३, २०८१
देशका विभिन्न स्थानामा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटामा तीन जनाको मृत्युुुभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार कपिलवस्तु र चितवनका विभिन्न स्थानमा भएका सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
पाल्पा प्रहरीद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक
सोमबार, पुस २९, २०८१
जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०८०÷०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, पुस २८, २०८१
जिल्लाको तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ । तानसेन नगरपालिका–११, सामाकोटस्थित पाल्पा–गुुल्मी सडकखण्डमा फोर्स गाडीको ठक्करबाट ४६ वर्षीया सीता गहतराजको शनिबार राति मृत्यु भएको हो ।


