गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार
शनिबार, जेठ १४, २०७९
नयाँ शैक्षिक सत्रको तयारी
शनिबार, जेठ १४, २०७९
नयाँ शैक्षिक सत्रका लागि विशेष तयारीका साथ सकारात्मक सिकाइ वातावरण निर्माण गरेर विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन सकिन्छ । शैक्षिक सत्र सुरू हुनु पूर्व, विद्यार्थी भर्ना काक्रममा र सत्रका प्रारम्भिक दिनहरूमा विद्यालयमा आकर्षण बढाउने र सिकाइ उत्प्रेरणा बढाउनका लागि शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।
पाराग्लाइडिङबाट खसेर बालिका घाइते
शुक्रबार, जेठ १३, २०७९
स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा
शुक्रबार, जेठ १३, २०७९
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले...
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते
शुक्रबार, जेठ १३, २०७९
यस पटकको स्थानीयतह निर्वाचनमा पाल्पामा ९ जना पुराना अनुहारले उम्मेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा प्रमुख/अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष पालिकाको नेतृत्व गरी अनुभव संगालेका ९ जनाले पुनः यस पटकको निर्वाचनमा उम्मेदवारी दिए । उम्मेदवारी दिएका पुराना अनुहार मध्ये ६ जना पुनः निर्वाचित हुन सफल भए भने...
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ
शुक्रबार, जेठ १३, २०७९
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताएका हुन् । उनले आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको...
वालिङमा सिसी क्यामेरा जडान
शुक्रबार, जेठ १३, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह
बिहीबार, जेठ १२, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ
बिहीबार, जेठ १२, २०७९
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ताहरु रहेका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले मुल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक्ने क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो...
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल
बिहीबार, जेठ १२, २०७९
जिल्लामा जडिबुटीजन्य बोटविरुवा विस्तार गर्न छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा जिल्लास्तरीय जडीबुटी फोकल टीम र सरोकारवालाहरुबीच जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्ने विषयमा बुधबार तानसेनमा छलफल तथा अन्तक्र्रिया गरिएको हो । जिल्लाका वनहरुमा प्रसस्त मात्रमा जडिबुटीजन्य बोटविरुवाहरुको सम्भावना भएकाले ति क्षेत्रमा विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको...
कालीगण्डकीले ग्याँस चुल्हो लिने, इन्डक्शन चुल्हो दिने
बिहीबार, जेठ १२, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।
माथागढीमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा
बिहीबार, जेठ १२, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले अभिभाव विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने भएको छ । गाउँपालिका अध्यक्ष यम चिदीले शपथ ग्रहणसँगै महत्वकांक्षी निर्णय अगाडि सार्दै अभिभावक विहीन बालबालिकाहरुका लागि निःशुल्क शिक्षा दिने विषयमा हस्ताक्षर गरेका छन् ।
बगनासकालीमा एमालेका कार्यपालिका सदस्य निर्वाचित
बुधबार, जेठ ११, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका वडा २ की, गीता रेग्मी, वडा ३ बाट वसन्ती थापा, वडा ५ की, खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल निर्विरोध निर्वाचित भएका छन् ।


