गोपालप्रसाद बस्याल
नयाँ शैक्षिक सत्रका लागि विशेष तयारीका साथ सकारात्मक सिकाइ वातावरण निर्माण गरेर विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन सकिन्छ । शैक्षिक सत्र सुरू हुनु पूर्व, विद्यार्थी भर्ना काक्रममा र सत्रका प्रारम्भिक दिनहरूमा विद्यालयमा आकर्षण बढाउने र सिकाइ उत्प्रेरणा बढाउनका लागि शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । बिहानीले दिनको संकेत गर्दछ भनेजस्तै शैक्षिक सत्रको सुरूदेखि नै व्यवस्थित र प्रभावकारी शिक्षण सिकाइ प्रक्रिया लागू भयो भने सिकाइ उपलब्धि स्तर उत्कृष्ट हुन्छ ।
१. शैक्षिक सत्र सुरू हुनु पूर्व :
पछिल्लो वर्ष विद्यालयमा सञ्चालित शैक्षणिक एवं अतिरिक्त क्रियाकलापहरूको समीक्षा नयाँ शैक्षिक सत्र सुरू हुनु पूर्व नै गरिसक्नु पर्दछ । यो समीक्षाका विषयवस्तु विभिन्न हुन सक्छन् । उदाहरणका लागि गत वर्ष विद्यालयको भौतिक सुविधा के कस्तो थियो ? त्यसले सिकाइ प्रक्रियामा कसरी सहजीकरण ग¥यो वा बाधा पुु¥यायो ? त्यसमा थप के–के सुधार वा विस्तार गर्नुपर्ला ? समीक्षाको अर्को पक्ष शिक्षण सिकाइ प्रक्रिया र विद्यार्थी उपलब्धिको सम्बन्ध हुनुपर्दछ । विद्यालय सञ्चालन भएको दिन, विषयगत शिक्षण क्रियाकलाप, पाठयोजना र सामग्री निर्माण, आन्तरिक र बाÞय अवरोधहरू र वैकल्पिक उपायको प्रयोगको अवस्थाको समीक्षा गर्न सकिन्छ । हरेक कक्षाका विषय शिक्षकले पाठ्यवस्तु र विद्यार्थी सिकाइ व्यवहारको समीक्षा गर्नुपर्दछ । समीक्षा पश्चात् आगामी वर्षका लागि निश्चित लक्ष्य निर्धारण गर्नुपर्दछ । आउने वर्ष विद्यालयको कुन पक्षमा विशेष जोड दिने भन्ने किटान गर्नुपर्दछ । विद्यालयको आवश्यकतामा आधारित भै प्रगति प्राप्त गर्न सकिने केही ठोस कार्य गर्ने गरी योजना बनाउनु पर्दछ । उदाहरणका लागि विद्यार्थी भर्ना बृद्धि वा पुस्तकालय ब्यवस्थापन वा शैक्षणिक सामग्री निर्माण, सहभागिता बृद्धि गर्ने क्रियाकलाप सञ्चालन वा परियोजना कार्यमा आधारित शिक्षण वा अतिरिक्त सिकाइ सहयोग कार्यक्रम सञ्चालन लगायतका पक्षहरूमा आवश्यकता अनुसार प्राथमिकता दिई क्रियाकलाप सञ्चालन गर्ने योजना निर्माण गर्न सकिन्छ ।
विद्यालयले आप्mना शिक्षकहरूलाई आन्तरिक स्रोत वा ब्यवस्थापनमा इन–हाउस तालिम सञ्चालन गर्नु आवश्यक छ । विगतको समीक्षा गर्दै गर्दा शिक्षक सहायता आवश्यक पक्षहरूको समेत पहिचान हुने भएकाले त्यसैका आधारमा नयाँ शैक्षिक सत्रको तयारी र शिक्षकको पेशागत सिप विकासका क्षेत्रहरूमा केन्द्रित भएर तालिम सञ्चालन गर्न सकिन्छ । यसप्रकारका मागमा आधारित तालिमहरू सामान्य वा विशिष्टकृत विषयवस्तुमा दिन सकिन्छ । यी छोटो अवधिका तालिमका लागि वार्षिक शैक्षिक र अतिरिक्त क्रियाकलाप कार्यतालिका निर्माण, वार्षिक वा इकाई योजना वा नमुना दैनिक पाठयोजना निर्माण, शैक्षिक सामग्री निर्माण, शिक्षणमा सूचना सञ्चार प्रविधिको उपयोग, विद्यार्थी उत्प्रेरणा र सहभागिता जस्ता क्षेत्र समावेश गर्न सकिन्छ । शैक्षिक सत्र सुरू हुनु पूर्व विद्यालयको शैक्षिक प्रगति, भौतिक सुविधा र विशेषताहरू उल्लेख गरिएको फ्लायर वा लिफलेट वा ब्रोशर वा पुस्तिका निर्माण गरी छाप्नु पर्दछ, र विद्यार्थी र अभिभावकका घरघरमा पु¥याउनु पर्दछ । यसले गर्दा विद्यालयको अवस्थाको जानकारी भै विद्यार्थी र अभिभावकको रोजाइमा तपाईंंको विद्यालय पर्न सक्छ र भर्नामा प्रगति हुन जान्छ । विद्यालयमा भएका महत्वपूर्ण क्रियाकलाप र उपलब्धिहरू सचित्र पकेट वा भित्ते क्यालेण्डर छापी वितरण गर्न सकिन्छ । यस प्रकारका कार्यहरूले विद्यार्थी भर्ना वृद्धि हुने, कमीकमजोरीको पहिचान र आवश्यक सहायताको खोजी भै शिक्षण सिकाइ सहज र नियमित हुुने र सिकाइ उपलब्धि बढ्ने हुन्छ ।
२. प्रशासनिक कार्य :
नयाँ शैक्षिक सत्रका लागि केन्दित भएर विद्यालय प्रशासनले नियमित प्रशासनिक कार्यका अतिरिक्त केही विशेष कार्यमा ध्यान दिनुुपर्दछ । विद्यार्थी भर्ना बढाउनुपर्ने अवस्थामा पूर्ण तयारीका साथ प्रभावकारी घरदैलो कार्यक्रम सञ्चालन गर्ने र घरमै विद्यार्थी प्रोफाइल खडा गर्ने र विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षाका बारेमा आश्वस्त पार्न सक्नुपर्दछ । विद्यार्थी प्रोफाइलमा विद्यार्थीका वैयक्तिक विवरण, सबै विषय शिक्षकहरू र अभिभावकको सम्पर्क, विद्यार्थी प्रतिवद्धता जस्ता पक्ष समेटिएको हुनुपर्दछ । यसप्रकारको प्रोफाइल दुई प्रति निर्माण गरी एक प्रति विद्यालयमा राख्ने र एक प्रति अभिभावकलाई दिनुपर्दछ । समय समयमा अभिभावक भेला गरी प्रतिवद्धताअनुसार प्रगति समीक्षा गर्नुपर्दछ । विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकले पालना गर्ने आचारसंहिता सरोकारवालाकै सहभागितामा निर्माण गरी सबैले देख्ने गरी भित्तेलेखन गरी राख्नुपर्दछ । यसका अतिरिक्त कक्षा नियमहरू उनीहरूलाई नै निर्माण गर्न लगाई विद्यार्थी आचारसंहिता, कक्षाकोठा नियम र प्रतिवद्धता कक्षाकोठामा टास्न लगाउनुपर्दछ । विद्यार्थी भर्नाका लागि अभिभावकको उपस्थिति अनिवार्य गरी अभिभावक परामर्श कार्य सञ्चालन गर्नुपर्दछ । वर्षेनी भर्ना अद्यावधिक गर्नु आवश्यक हुुने र यसका लागि सबै विद्यार्थीको भर्ना प्रोफाइल तयार गर्नुपर्दछ । भर्नापूर्व विद्यालयको भौतिक ब्यवस्था, सरसफाइ, सजावट र आकर्षणमा पनि ध्यान पुर्याउनु आवश्यक हुन्छ । कार्यालयमा विद्यालय तथ्यांकको ग्राफिक प्रस्तुति, सामग्री सजावट र भण्डारण, पुस्तकालय ब्यवस्थापन, कक्षा वा वाह्य कार्यका लागि स्थानको ब्यवस्था, फर्निचर ब्यवस्था, पोस्टरि·, बगैंचा, खानेपानी, शौचालय, गल्ली तथा आराम कक्ष आदिको व्यवस्थापनका कामगर्नुपर्दछ । लिपपोत, रङरोगन, सानोतिनो मर्मत सम्भारका काम गराइसक्नुपर्दछ । प्रधानाध्यापकले कक्षा शिक्षण तालिका सत्र सुरू हुनु पहिल्यै निर्माण गरी विषयगत शिक्षकको ब्यवस्थाका लागि पहल गर्नुपर्दछ । आवश्यक निजी स्रोत शिक्षकको व्यवस्था गरिसकेको हुनुपर्दछ ।
३. शिक्षकको तयारी :
नयाँ शैक्षिक सत्रका लागि हरेक शिक्षकले पूर्व तयारी गरेको हुुनुपर्दछ । गत शैक्षिक सत्रमा प्रयोग भएका र यस वर्षका लागि पनि उपयोगी हुने पाठयोजना वा टिप्पणी, शैक्षणिक एवं सन्दर्भ सामग्रीहरूको छनाोट गरी फाइलिङ्ग गर्ने, गत वर्षमा प्रयोग गरिएको उपयोगी योजना, शिक्षण विधि वा क्रियाकलापको अभिलेखीकरण गर्ने गर्नुपर्दछ । यसले शिक्षकलाई पाठको तयारी गर्न सजिलो पार्दछ । यसैगरी नयाँ शैक्षिक सत्रमा शिक्षण गर्ने विषय वा विषयवस्तुु, पाठ्यपुस्तक, पाठ्यक्रम अध्ययन गर्ने र आवश्यक सन्दर्भ सामग्रीको ब्यवस्थापन गरी बुँदा टिपोट गर्नुपर्दछ । विषयवस्तुसँग सम्बन्धित रहेर मुख्य विषयवस्तु, क्रियाकलाप र आवश्यक सामग्रीको इकाईगत रुजु सूचि निर्माण गर्नुपर्दछ । यसप्रकारको रुजु सूचिको तयारी गर्नाले शिक्षकलाई आफूसँग भएको र थप खोजी गर्नुपर्ने विषयवस्तु वा सामग्रीको बारेमा जानकारी हुने र तयारीका लागि दिशा निर्देश हुुने गर्दछ । शिक्षकले आँफैलाई प्रश्न गर्ने कि नयाँ शैक्षिक सत्रमा अध्यापन गर्ने विषयवस्तुका बारेमा आफूलाई कति जानकारी छ । यसरी आत्म समीक्षा गरिसकेपछि सत्र पूर्व वा सत्र सञ्चालनका क्रममा आफूलाई अद्यावधिक गर्नुपर्दछ । हामीले मोबाइल, कम्प्युटरजस्ता विद्युुतीय सामानलाई रिचार्ज गर्दछौं भने हाम्रो मस्तिष्कलाई पनि रिचार्ज गर्नुपर्दछ । यसका लागि तालिम, गोष्ठि आदिमा सहभागिता र प्रस्तुति जस्ता कार्यले सहयोग पुग्दछ ।
४. विद्यार्थीको भूमिका :
नयाँ शैक्षिक सत्रमा नयाँ उत्साह र जाँगरका साथ विद्यालय जाने दायित्व विद्यार्थीको हो । विशेषगरी विद्यार्थीले समय ब्यवस्थापन सिप सिक्नुुपर्दछ । अध्ययनका लागि विषयगत समय सारिणी निर्माण गर्ने, खेल, मनोरञ्जन र पारीवारिक काममा सघाउने समय छुुट्याउने, परियोजाना तथा सामाजिक कार्यका लागि समय ब्यवस्था गर्नुपर्दछ । विद्यार्थीलाई आफूले तत्काल र भविष्यका लागि हासिल गर्नुपर्ने उपलब्धिको ज्ञान हुनुपर्दछ र सोहीअनुसार कार्य गर्नुपर्दछ । उदाहरणका लागि कुनै विषयमा कमजोर स्तर प्राप्त छ भने अतिरिक्त समय वा शिक्षक सहयोगको ब्यवस्था गर्ने, आफूलाई आवश्यक स्टेशनरी र सन्दर्भ सामग्रीको व्यवस्था गर्न अभिभावकलाई अनुरोध गर्ने, शिक्षकले भनेका कुरा हुबहुु अभिभावकलाई सम्प्रेषण गर्ने, अभिभावकसँग आफूले चाहेको व्यवहार र सहयोग बारे जानकारी गराउने, विद्यालय र घरमा शान्त र अध्ययन सहयोगी वातावरण निर्माण गर्ने कार्यमा भूमिका खेल्नुपर्दछ । सिकाइ उपलब्धिका आधारमा भविष्य निर्धारण हुने भएकाले आफ्ना लागि विद्यार्थी बढी जिम्मेवार र गम्भीर बन्नु आवश्यक छ । तनाव कम गर्नका लागि खेलकूदमा सहभागी हुने, नयाँ नयाँ साथी बनाउने, इष्टमित्रसँग भेटघाट गर्ने जस्ता सामाजिक सीप अभ्यास गर्नुपर्दछ । आफ्नो सिमा र वरीपरीको अवरोधको पहिचान गरी ब्यवस्थापन गर्न नसकिने बाधाहरूको चिन्ता नगर्ने र आफ्नो लक्ष्यमा अर्जुनदृष्टि लगाई अध्ययनमा समर्पित हुनुपर्दछ ।