ग्लोबल बैंकका ग्राहकलाई १० प्रतिशत क्यासब्याक योजना
बुधबार, जेठ १८, २०७९
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक
मंगलबार, जेठ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
मंगलबार, जेठ १७, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।
बजेटमा लुम्बिनी प्रदेश
मंगलबार, जेठ १७, २०७९
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक–पूर्वाधार र सुरुङमार्ग लगायतका आयोजनालाई प्राथमिकता दिइएको छ ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
मंगलबार, जेठ १७, २०७९
सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गर्दै आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ ।
वडाबाटै निःशुल्क स्वास्थ्य बिमा र शिक्षा
मंगलबार, जेठ १७, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका ४ को वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने भएको छ । नवनिर्वाचित वडाध्यक्ष लिलाधर आचार्यले वडामा पदभार ग्रहण गरेसँगै वडाका विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने लोकप्रिय निर्णय गरेका हुन् ।
कर्मचारीको तलब १५ प्रतिशत वृद्धि, कसको कति ?
सोमबार, जेठ १६, २०७९
सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुने गरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको बताए । सरकारले खाइपाई आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ ।
जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो
सोमबार, जेठ १६, २०७९
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए...
सरकारको बजेटको प्राथमिकता : कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन
सोमबार, जेठ १६, २०७९
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब...
आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन
सोमबार, जेठ १६, २०७९
कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ जनाएको छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुँदैछन् ।
पाल्पामा नापतौल यन्त्रहरू जाँचिने
सोमबार, जेठ १६, २०७९
जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय, बुटवलले जेठ १७ गतेदेखि २१ गतेसम्म नापतौल यन्त्रहरु नापजाँच गर्ने भएको हो ।
अब ६८ वर्षमै वृद्धभत्ता
आइतबार, जेठ १५, २०७९
अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत वृृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध...
कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता
आइतबार, जेठ १५, २०७९
सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ ।


