Shittalpati
पाराग्लाइडिङबाट खसेर बालिका घाइते

पाल्पा, स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

पाराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगेर मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ । स्वरेक मैदानमा नियमित रुपमा पाराग्लाइडिङ उडाउने गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update