पर्यटन क्षेत्रमा अब्बल कचल
आइतबार, चैत ६, २०७८

मनपरी मूल्यवृद्धि रोक
आइतबार, चैत ६, २०७८
नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् ।

तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
शनिबार, चैत ५, २०७८
मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।

ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
शनिबार, चैत ५, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।

तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
शनिबार, चैत ५, २०७८
रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।

होलीको हर्षोल्लास
शनिबार, चैत ५, २०७८
पाल्पाको बगनासकाली घर भएका मीना बस्याल, रेनुका न्यौपाने र गुल्मीकी शान्ति शाहीले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।

व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
शनिबार, चैत ५, २०७८
पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।

योजना लिएर जाऊ
शनिबार, चैत ५, २०७८
देश निर्वाचनतर्फ धकेलिएको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ ।

कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए
शनिबार, चैत ५, २०७८
जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गाका ६० वर्षीय मानबहादुर विक शुक्रबार साझाँ कालीगण्डकी नदीमा मृत भेटिएका हुन् ।

रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु
शुक्रबार, चैत ४, २०७८
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –८ की १८ वर्षीया प्रसन्न पोखरेलको पाल्पाको तिनाउ गाउँपालिका –३ भूतखोलामा डुबेर मृत्यु भएको हो ।

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
शुक्रबार, चैत ४, २०७८
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ रेसुङ्गाको सभापतिमा भण्डारी
शुक्रबार, चैत ४, २०७८
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल रेसुङ्गा बहुमुखी एकाइ समिति गुल्मीको सभापतिमा मुकुन्दप्रसाद भण्डारी निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।