संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा LIVE
आइतबार, जेठ १५, २०७९
बालेनको जितमा पाण्डेले बाँड्ने भए वृद्धवृद्धालाई लौरो
आइतबार, जेठ १५, २०७९
पेसाले र्यापर र स्ट्रक्चरल इन्जिनियर बालेनको एकाएक संघीय राजधानी काठमाडौंको मेयरमा उदय भएको विषय अहिले चियापसलदेखि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । दशकौंदेखिका स्थापित दलहरूलाई विस्तापित गरेर उदाएका उनी अहिले धेरैको चासो र चर्चाको केन्द्रमा छन् ।
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला
आइतबार, जेठ १५, २०७९
एक महिना अघिदेखि हराएकी एक युवती कालीगण्डकी नदीमा मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–१ अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा शनिबार घर नजिकैको कालीगण्डकी नदीमा मृत फेला परेकी हुन् । वैशाख ११ गते घरमा कोही कसैलाई नसोधी हिडेकी उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए ।
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
आइतबार, जेठ १५, २०७९
गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।
पुराना ‘किल्ला’ भत्किए, जितेका क्षेत्र खुम्चिए
आइतबार, जेठ १५, २०७९
यस पटकको स्थानीय तह निर्वाचनमा ठूला राजनीतिकक दलहरू आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरूमै पराजित भएका छन् । पाल्पाका दश स्थानीय तह मध्ये एमालेले ६ पालिकामा विजयी हासिल गर्दै पहिलो दल बनेको छ । उसले केही पालिकामा विरासत गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको...
द्वन्द्व प्रभावितका मुद्दा प्राथमिकतामा परेनन्
आइतबार, जेठ १५, २०७९
स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचन मार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिवद्धता लिएर जनतामाझ गए । केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ ।...
निस्दीमा कार्यपालिका सदस्य निर्वाचित
आइतबार, जेठ १५, २०७९
जिल्लाको निस्दी गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँ ७ वटै वडासहित अध्यक्ष, उपाध्यक्ष एमालेबाटै निर्वाचित भएका थिए । निस्दीमा ६ जना कार्यपालिका सदस्य निर्वाचित भएसँगै कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित सदस्यहरुमा वडा १ बाट खुमबहादुर विक, वडा २ बाट खुमीसरा पुलामी, वडा ३...
पेट्रोलियम कर घटाइँदै
आइतबार, जेठ १५, २०७९
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण चौतर्फिक विरोध हुन थालेपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा १० रुपैयाँ घटाउने सहमती गरेको छ । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा कर घटाइने सैद्धान्तिक सहमति भएको पछि अर्थ...
आज गणतन्त्र दिवस मनाइँदै
आइतबार, जेठ १५, २०७९
आज १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । लुम्बिनी प्रदेशसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । २०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ...
स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
शनिबार, जेठ १४, २०७९
स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?
शनिबार, जेठ १४, २०७९
स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक...
रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता
शनिबार, जेठ १४, २०७९
स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि धमाधम जनप्रतिनिधिहरुले आफ्ना महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दै आएका छन् । अधिकांश जनप्रतिनिधिहरुले लोकप्रिय निर्णयहरु गर्दै आएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिले महत्वकांक्षी निर्णय सार्वजनिक गरेका छन् । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार सम्हालेसँगै रम्भावासीको निःशुल्क दुर्घटना बिमा गर्नेदेखि एक पुरुषलाई भत्ता दिने...
पूर्वखोलाले अभिभावक विहीन बालबालिकाको शिक्षाको जिम्मा लिने
शनिबार, जेठ १४, २०७९
पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावक विहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए ।


