Shittalpati
पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस
पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस सुन्दा अचम्म लाग्न सक्छ ‘गुलेली मास्टर’ ! तर अचम्म मान्नुपर्दैन सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाको सामाजिक तथा राजनीतिक क्षेत्रको चिरपरिचत नाम हो ‘गुलेली मास्टर’ अर्थात् नीम श्रीस । पूर्तिघाट निवासी ४० बर्षीय उनी नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाका सभापति समेत हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय ‘गुलेली मास्टर’ भाषण गर्ने र...
पाल्पाको एक्लो महिला वडाध्यक्ष
पाल्पाको एक्लो महिला वडाध्यक्ष मूख्य राजनीतिक दलले उम्मेदवार चयन गर्दा स्थानीय तहका प्रमुखमा महिलालाई कम स्थान दिएजस्तै निर्वाचित हुने महिला प्रमुखहरुको संख्या पनि न्यून रहेको छ । पाल्पा सहित देशभरका स्थानीय तहका नेतृत्व तहमा न्यून संख्यामा महिला निर्वाचित भएका छन् । पालिका प्रमुख र उपप्रमुखमा केही महिलाहरु निर्वाचित भए पनि वडातहको नेतृत्व तहमा भने...
मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग
मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग सरकारले स्थानीय तहको निर्वाचनपछिका १० दिनमा मात्रै दुईपटक इन्धनमा मूल्य बढाएपछि विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् । उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध गर्दै आएका हुन् । मंगलबार १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय
स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नक्कली सुन बेच्ने पक्राउ
नक्कली सुन बेच्ने पक्राउ रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो...
अबको ध्यान अर्थतन्त्र सुधारमा होस्
अबको ध्यान अर्थतन्त्र सुधारमा होस् नेपालमा चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा संकटका रेखाहरु देखिन थालेका हुन् । त्यतिबेला सरकारको ध्यान राजनीतिक शक्ति संग्रह तथा स्थानीय चुनावमा केन्द्रित भएका कारण पनि अर्थतन्त्र सुधारतर्फ ध्यान जान सकेन । तर, यसो भन्दैमा सरकारले छुट पाउँदैन । त्यो समयमा पनि सरकारले अर्थतन्त्र सुधारका लागि केही पहल गर्नु पथ्र्यो ...
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।
दश नयाँ कोरोना संक्रमित थपिए
दश नयाँ कोरोना संक्रमित थपिए पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
निमावि लाइसेन्सको विज्ञापन खुला
निमावि लाइसेन्सको विज्ञापन खुला शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले सोमबारदेखि विज्ञापन खुला गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।
Weather Update