Shittalpati
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान जिल्लाको माथागढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र आवेदन गर्न आÞवान गरेको छ । लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या यथाशक्य चाँडो समाधान गर्न गाउँ सरकारले आवेदन आह्वान गरेको हो ।
रकम उठाएर शिवालय मन्दिर निर्माण
रकम उठाएर शिवालय मन्दिर निर्माण जिल्लाको मुसिकोटमा रकम उठाएर शिवालय मन्दिर निर्माण गरिएको छ । मुसिकोट नगरपालिका–२ पात्लाकोटमा रकम सहयोग जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।
गठबन्धनमा अलमल
गठबन्धनमा अलमल निर्वाचनको घोषित मिति आउन ६२ दिन मात्र बाँकी छ । आयोग विस्तारै आचार–संहिता लागू गर्ने सुरसारमा छ । तर, केन्द्रमा दलहरूको तताइ सुस्त नै देखिन्छ ।
कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला
कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न काँग्रेस गाउँ–गाउँमा : नेता कोईराला नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईरालाले कम्युनिष्टले गरेका झुठा प्रचारको भ्रम चिर्न नेपाली काँग्रेस गाउँ–गाउँ जाँदै गरेको बताएका छन् । काँग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा गुल्मी आएका नेता कोइरालाले तम्घासमा आयोजना गरिएको वृहत भेलालाई सम्बोधन गर्दै अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा कम्युनिष्टहरुले अफबाह फैलाएकाले त्यसलाई...
अमरनारायण मन्दिर पुनर्निर्माण प्रति विश्व हिन्दु महासंघको चासो
अमरनारायण मन्दिर पुनर्निर्माण प्रति विश्व हिन्दु महासंघको चासो अमरनारायण मन्दिर पुनर्निर्माणप्रति विश्व हिन्दु महासंघ पाल्पाले चासो देखाएको छ । मन्दिरको छानो भत्किएपछि महासंघले चासो व्यक्त गर्दै त्यसको पुनर्निर्माण गरिनुपर्ने बताएको हो । तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छाना सहितको भाग गत बुधबार अकस्मात भत्किएको थियो ।
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा पछिल्लो समय रामपुरमा अवैध बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । पुनः रामपुरबाटै अवैध बालुवा निकासी गर्ने एक ट्याक्टर प्रहरी फन्दामा परेको छ । विहिबार प्रहरीले रामपुर–३,निस्दी खोलाबाट लु ४ त ७६८१ नम्वरको ट्याक्टरलाई बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द तानसेन–तम्घास सडक खण्ड १२ दिनसम्मका लागि रातिमा बन्द भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्मका लागि सडक बन्द गरिएको हो ।
महिलाहरुका लागि आकर्षक बचत खाता
महिलाहरुका लागि आकर्षक बचत खाता सनराइज बैंकले महिलाहरुका लागि विशेष योजना ल्याउन लागेको छ । बैंकले नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु सहित ‘नारी बचत खाता’ ल्याउन लागेको हो । उसले चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउन लागेको जनाएको छ ।
माथागढीको भैसीकट्टामा बाख्रा वितरण
माथागढीको भैसीकट्टामा बाख्रा वितरण जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उप–सभापति भुवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । पार्टीको नियमावलीको धारा ३३ को २ (क) बमोजिम सभापति अमर सिंह पुनले उप–सभापति श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् ।
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्रिया भएको छ ।
Weather Update