काँग्रेस क्षेत्र नं. एक पाल्पाको क्षेत्रीय संसदीय समिति गठन
आइतबार, चैत २०, २०७८
बिमा रकम नपाउँदा पाल्पाका अस्पताल संकटमा, सेवा बन्द गर्ने तयारी
आइतबार, चैत २०, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा पाल्पाका ठूला अस्पताल आर्थिक संकटमा परेका छन् । स्वास्थ्य बिमा बोर्डले बिमा बापत पाल्पाको युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, आँखा अस्पताल लगायतका बिमा अनुमती पाएका स्वास्थ्य संस्थाहरुमा भुक्तानी नगर्दा आर्थिक संकटमा परेका हुन् । बिमा बोर्डले यि अस्पताललाई ३८ करोड ४३ लाख,...
आनन्द सहकारीले गर्यो अध्ययन अवलोकन भ्रमण
आइतबार, चैत २०, २०७८
तानसेनमा रहेको आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर ६ दिने अध्ययन अवलोकन भ्रमण गरेको हो । उसले बुटवलमा रहेको सत्यसाई बचत तथा ऋण सहकारी संस्था र झापाको मेचीनगर ६ काँकरभित्तामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिं को अध्ययन...
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तक्र्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो ।
रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा
शनिबार, चैत १९, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् ।
विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर
शनिबार, चैत १९, २०७८
रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबार विहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।
यामाहाले ल्यायो नयाँ अफर, २० लाखसम्म जित्ने अवसर
शनिबार, चैत १९, २०७८
नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको हो । अफर अन्तर्गत ग्राकहले २० लाख रुपैयाँसम्म जित्न सक्ने छन् ।
पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ
शनिबार, चैत १९, २०७८
नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।
पाल्पामा सत्तारूढ गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
शुक्रबार, चैत १८, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।
गुल्मीमा गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
सत्तारुढ गठबन्धनका दलहरुबीचको बैठक गुल्मीमा बसेको छ । शुक्रबार नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बसेको बैठकले आसन्न निर्वाचनलाई केन्द्रीत गरी पाँच सदस्यीय जिल्ला संयन्त्रण गठन गर्ने निर्णय गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।
प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।


