देउसी–भैलोको रकमबाट दृष्टिविहीन विद्यार्थीलाई खाना
मंगलबार, कात्तिक २२, २०७९
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश
सोमबार, कात्तिक २१, २०७९
नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डु, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।
मणिमुकन्द सहकारीले मनायो २१ औं साधारण सभा
आइतबार, कात्तिक २०, २०७९
तानसेनमा रहेको मणिमुकन्द बचत तथा ऋण सहकारी संस्थाले २१ औंं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गरेकी हुन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ
आइतबार, कात्तिक २०, २०७९
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अब १० प्रतिशत आइपीओ पाउने भएका छन् । संगठित संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्ट्याउनुपर्ने व्यवस्था लागू भएसँगै उनीहरुले १० प्रतिशत आइपीओ पाउने भएका हुन् ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
बिहीबार, कात्तिक १७, २०७९
तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ ।
ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च
बिहीबार, कात्तिक १७, २०७९
सरकारले ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च गरेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदान दिएको रकम हो । सरकारले गत भदौसम्म ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्चेको छ । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिन्छ ...
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख
मंगलबार, कात्तिक १५, २०७९
सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको...
कुमारी बैंकको मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा
सोमबार, कात्तिक १४, २०७९
कुमारी बैंकको मुद्दती खता खोल्ने ग्राहकले निशुल्क जीवन बीमा गर्न पाउने भएका छन् । बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजनामा यस्तो सेवा दिएको हो । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ ।
कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
आइतबार, कात्तिक १३, २०७९
नेपाल राष्ट्र बैंकले कार्यविधि संशोधन गर्न थालेको छ । बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि २०७६ संशोधन गर्न लागेको हो । कार्यविधि संशोधनका लागि उसले कात्तिक २५ गतेसम्ममा सुझाव माग गरेको छ । बैंकले मस्यौदा सार्वजनिक गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार...
मेगा बैंकले ल्यायो भू–सेवा केन्द्र
आइतबार, कात्तिक ६, २०७९
मेगा बैंक नेपालले पहिलो पटक भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
उद्योगी, व्यवसायी विरोधमा
शनिबार, कात्तिक ५, २०७९
भैरहवाका उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण उनीहरु आफूहरु मारमा परेको भन्दै विरोधमा उत्रिएका हुन् ।
वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड
मंगलबार, कात्तिक १, २०७९
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते रु ७३ करोड नौ लाख ५५ हजार...
इन्धनको मूल्य फेरी बढ्यो
मंगलबार, कात्तिक १, २०७९
इन्धनको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको हो । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन...


