फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई
शुक्रबार, भदौ १७, २०७९

‘गरिमा मालामाल मुद्दती योजना’
बिहीबार, भदौ १६, २०७९
गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको हो । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र १ सय १६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्दती योजना ल्याएको जनाएको छ ।

मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा
आइतबार, भदौ १२, २०७९
मुक्तिनाथ विकास बैंकमा खता खोल्दा एक लाखको चिकित्सा सम्बन्धी बिमा पाउने भएको छ । बैंकले हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तिज विशेष अफर’ योजनामा उक्त सेवादिन लागेको हो । यो योजना अन्तर्गत भदौभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बिमा पाउनेछन् ।

पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
शनिबार, भदौ ११, २०७९
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह
बिहीबार, भदौ ९, २०७९
पाल्पाका सहकारी अभियान्ताहरुले जिल्लामा सहकारी बैंकको शाखा ल्याउनु पर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंक बुटवल शाखाले तानसेनमा आयोजना गरेको सहकारी संघ/संस्था र सहकारी बैंक बिचको अन्तक्र्रिया कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारीको पूँजीलाई थप व्यवस्थित र सुरक्षित राख्न सहकारी बैंकको शाखा पाल्पामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सहकारीको...

मंगलबार नेप्सेमा सामान्य सुधार
बुधबार, भदौ ८, २०७९
मंगलबार नेप्सेमा सामान्य सुधार भएको छ । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि परिसूचक नेप्से भने सामान्य अंकले सुधार आएको हो । कुल १ सय ४ कम्पनीको मूल्य घट्दा ७१ को मात्रै बढ्यो भने ११ को स्थिर रह्यो । नेप्से परिसूचक भने १.८५ अंक बढेर २०५४.९८ अंकमा कायम भयो ।

नेप्से लाग्यो ओरालो
मंगलबार, भदौ ७, २०७९
सेयर बजारको परिसूचक नेप्से फेरी ओरालो लागेको छ । केही दिन अघि उकालो लागेको नेप्से फेरी ओरालो लाग्न थालेको हो । सेयर बजारको परिसूचक नेप्से सोमबार २०५३ अंकमा झरेको छ । कारोबार अवधिभर उतारचढावका बाबजुत अघिल्लो दिनको तुलनामा नेप्से ७.४१ अंकले घटेको हो ।

मृगौला पीडितलाई आर्थिक सहयोग
सोमबार, भदौ ६, २०७९
पाल्पाली सेवा समाज दोहा कतारले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । उसले विगत एक वर्षदेखि मृगौलाको उपचार गराउदै आएका बगनासकाली गाउँपालिका–७ खानीगाउँका ५२ बर्षीय दिलबहादुर मगरलाई एक लाख आर्थिक सहयोग गरेको हो ।

ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा
आइतबार, भदौ ५, २०७९
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।

साढे १२ लाख भेटी संकलन
शनिबार, भदौ ४, २०७९
स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १२ लाख ६० हजार छ सय ९९ भेटी संकलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।

भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम
शुक्रबार, भदौ ३, २०७९
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडी परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।