Shittalpati
जेसीबीको आधिकारिक सेवा केन्द्र तानसेनमा
जेसीबीको आधिकारिक सेवा केन्द्र तानसेनमा जेसीबीको आधिकारिक सेवा केन्द्र पाल्पाको तानसेनमा पनि सञ्चालनमा आएको छ । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विहीबारदेखि तानसेनको भिमसेन टोलमा आधिकारिक सेवा केन्द्र (अथराइज्ड रिटेल आउटलेट) सुरु गरेको हो ।
गौतमश्री सहकारीको सम्पत्ति रोक्का
गौतमश्री सहकारीको सम्पत्ति रोक्का काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेका सम्पती रोक्का गरिएको छ । सहकारी विभागले उक्त सहकारीको देशका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ ।
कालीगण्डकी गाउँपालिकाका ५६ छोरीले पाए दुई लाख ८० हजार
कालीगण्डकी गाउँपालिकाका ५६ छोरीले पाए दुई लाख ८० हजार गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले कूल दुई लाख ८० हजार रुपैयाँ पाएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
नगरवासीलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता
नगरवासीलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
विपन्न कुमालको निःशुल्क उपचार
विपन्न कुमालको निःशुल्क उपचार आर्थिक अभावका कारण उपचार नपाएका जिल्लाको इस्मा गाउँपालिका–२ छल्दीका ६४ वर्षीय टीके कुमालको गुल्मी अस्पतालले निःशुल्क उपचार गरिदिएको छ । रुखबाट लडेर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । तर आर्थिक अभावका कारण उनी बुटवल नगई घर फर्किएका थिए ।
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८ सय ९४ वटा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन गरेको हो ।
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति नेपालमा थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
एनसेलमा मोबाइल बैंकिङ निःशूल्क
एनसेलमा मोबाइल बैंकिङ निःशूल्क नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई एनसेनमा डाटा शुल्क नलाग्ने भएको छ । एनसेल आजियटा र बैंक बीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौतामा भएसँगै मोबाईल बैंकिङ निःशूल्क हुने भएको हो ।
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
एसईईको नतिजा खल्तीबाट निःशुल्क
एसईईको नतिजा खल्तीबाट निःशुल्क ‘खल्ती’ ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाएको छ । डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरी नतिजा निःशुल्क हेर्ने व्यवस्था मिलाएको हो । यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा...
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरण अनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।
Weather Update