Shittalpati
कोरियाका गाई नेपालमा

पाल्पा, दक्षिण कोरियाका गाई नेपाल ल्याइएको छ । हेफर कोरियाले नेपाललाई १ सय १ उन्नत जातका गाई नेपाल पाठाएको हो । जहाजमार्फत गाई नेपाल ल्याइएको छ । कोरियाका कृषकले नेपाललाई अनुदान–उपहार स्वरुप बाछी र २० साढे दिएको छ । ति गाईहरू अहिले सिन्धुली पुर्‍याइएको छ ।

उच्च गुणस्तरका कोरेली बाछी र साढे एशियन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हेफर इन्टरनेसनल नेपाल र कोरियाको सहयोगमा स्थानीय गैरसरकारी संस्था सिड्स नेपालले वितरण गर्न सिन्धुली पुर्‍याएको हो । सिन्धुलीस्थित ‘मोडल डेरी फर्म’ मा आवद्ध भएका किसानहरूलाई ति गाईहरु वितरण गरिएको छ । यी उन्नत जातका गाईले दिनको ३२ देखि ४० लिटरसम्म दूध दिन्छन् । यी गाईहरूबाट जन्मेको पहिलो बाछी र आवश्यक सीपहरू अर्को एक परिवारलाई दिनुपर्ने सर्त रहेको छ । यी गाईहरूको मूल्य १७ करोडभन्दा बढी पर्ने बताइएको छ । उन्नन जातका गाई उत्पादन गर्ने ५ औं राष्ट्रमा पर्ने दक्षिण कोरियाले सन् १९५२ देखि सन् १९७६ सम्म अन्तराष्ट्रिय सहयोगको नौ सय गाईहरू समुद्र पार गर्दै दक्षिण कोरिया आइपुगेका थिए । अहिले दक्षिण कोरियाले दूध उत्पादनमा डेनमार्क, जापान जस्ता देशहरूलाई पनि पछि पारेको छ । ७० वर्षअघि युद्व र भोकमरीले आक्रान्त दक्षिण कोरियाले हेफर इन्टरनेसनलबाट सहयोग पाएको थियो भने अहिले लिने राष्ट्रबाट दिने राष्ट्रमा पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update