Shittalpati
बिजुलीबाट ११ अर्ब १६ करोड

पाल्पा, पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो । प्राधिकरणले गत जेठ तेस्रो हप्तादेखि यही पुस ३ सम्म ११ अर्ब १६ करोड ३० लाख बिजुली निर्यात गरेको छ । उसले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको जनाएको छ । यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ । सुरुमा दुईवटा जलविद्युत केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा विक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ बाट छ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा दरमा विक्री गरिएको थियो । प्राधिकरणले गत कार्तिक १८ र ३० देखि थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो । प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो । चालु आवको पुस ३ सम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी रु आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार आर्जन गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update