Shittalpati
कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै

पाल्पा, कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गर्न लागेका छन् । उनीहरुले यही पुस १७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।

दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’का नामबाट कारोबार हुने छ । मर्जर सम्झौता अनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर संख्या थपघट हुनेछैन । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौँ महानगरपालिका–२ स्थित टंकलालमा रहनेछ ।

एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने जनाइएको छ । मर्जपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड तथा कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड भएको हो । भने बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुने छ । मर्जरपछि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत नै नयाँ प्रमुख कार्यकारीका रुपमा रमेशराज अर्याल रहनेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update