पाल्पा, ग्लोबल आइएमई बैंकले गुल्मीसहित देशभर ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मीको मुसिकोट नगरपालिका वडा ४ बडागाउँ नेटा र वडा २ देउरालीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले वामी शाखा अन्तर्गत रहने बडागाउँ नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोमबहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ ।
त्यसैगरी बैंकले अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा ६ धातिवाङ, कपिलवस्तुको शिवराज नगरपालिका वडा ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस्तै बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा ९ धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका वडा १, उदयपुरको कटारी नगरपालिका वडा २ गराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बिशालकुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, त्यसैगरी, बैंकले कटारी शाखा अन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राजकुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्द्रौटा शाखा अन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखा अन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयबहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ । यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ८३ पुगेको छ । शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।