Shittalpati
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै

भैरहवा, लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।

महोत्सब बारे जानकारी दिने उद्देश्यले लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोविन्द ज्ञवालीले महोत्सवमा स्थानीय खानपिनका परिकारका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलड्ढा आदि देशका परिकार पनि सामेल गराउने जानकारी दिए । महोत्सवमा स्थानीय थारू समुदाय मुस्लिम समुदाय पश्चिमी तराईका ब्राÞमण समुदाय आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक हासको छोइला, चुकौनी, इम्रिती लगायतका खानेकुरा सडक खाना महोत्सवमा रहने उनले बताए । महोत्सवमा नौमती पञ्चेबाजा, विरहा, थारू झुमराका साथै आधुनिक पप/डिजे गीत–संगीतको व्यवस्थासमेत मिलाइएको छ ।

लुम्बिनी होटल संघ नेपाल प्रमुख आयोजक भए पनि महोत्सव आयोजनामा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय, रूपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघसंस्था र निकाय समेतले आयोजकका रूपमा सहयोग गरेको अध्यक्ष ज्ञवालीले बताए । लुम्बिनी होटल संघ नेपालले होटल कोठामा ३० प्रतिशत छुटमा उपलब्ध गराउने संघमा वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए । –रासस

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update