विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’
सोमबार, पुस २७, २०७७
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा
आइतबार, पुस २६, २०७७
तानसेनको भुसलडाँडामा गठित होटल व्यवसायीहरुको संगठन भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा जयराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । समितिको तानसेनमा बसेको १२औं साधारणसभा एवं छैठौं अधिवेशनले सापकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही
आइतबार, पुस २६, २०७७
सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
आइतबार, पुस २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिँदै आएको हो । गाउँपालिकाले यस वर्ष सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका वडा ७ र ८ का १ सय ८० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ...
कृषि कर्जाका लागि ग्लोबल आइएमई बैंक र हेफर बिच सम्झौता
शनिबार, पुस २५, २०७७
व्यवसायिक कृषकहरुका लागि सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले यी दुई संस्थाबिच सम्झौता भएको हो ।
२० हजार भन्दा बढीले पाए कोरोना बिमाको भुक्तानी
बुधबार, पुस २२, २०७७
कोरोना बिमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बिमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बिमा भुक्तानी पाएका छन् ।
प्याजको मूल्य घट्यो
सोमबार, पुस २०, २०७७
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षबाट हटाएको हो ।
जन्मभूमिप्रति सधै चिन्तित छौं : सेवा समाज जापान
शनिबार, पुस १८, २०७७
जन्मभूमि प्रति आफुहरु सधै चिन्तित रहेको काँडेवास सेवा समाज जापानले जनाएको छ । बागलुड काँडेबासबाट सन् २०१५ मा रोजगारी एवं अध्ययनको शिलशिलामा जापानमा पुगेका व्यक्तिहरु संगठित समाज काँडेवासले आफ्नो जन्मभूमिप्रति सधै चिन्तित रहेको बताएको छ ।
‘सहकारीले अब बचत तथा ऋण कारोबार गरेर मात्र हुँदैन’
शुक्रबार, पुस १७, २०७७
तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले सहकारीहरुले बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका छन् । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम साधारण सभालाई बिहीबार तानसेनमा सम्बोधन गर्दै नगर प्रमुख शाहीले सहकारीहरुले आफ्नो क्षेत्रलाई व्यापक बनाएर जानुपर्ने भन्दै बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका हुन् ...
सानिमा बैंकले गर्यो ‘सजिलो ई–बैंकिङ्ग’ अपग्रेड
शुक्रबार, पुस १७, २०७७
सानिमा बैंकले ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानलमार्फत डिजिटल बैंकिङ्ग ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको हो ।
ब्युटीफुल प्रालिसँग एनसेलको सहकार्य
बिहीबार, पुस १६, २०७७
एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एण्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको छ । कम्पनीले ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको हो ।
दुर्घटनामा घाइते युवालाई आर्थिक सहयोग
बिहीबार, पुस १६, २०७७
दुर्घटनामा घाइते जिल्लाका एक युवालाई आर्थिक सहयोग जुटेको छ । गत पुस ३ गते अटो दुर्घटनामा घाइते भएका रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल विकको लागि आर्थिक सहयोग जुटेको हो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैठक
मंगलबार, पुस १४, २०७७
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्य समिति पाल्पाको बैठक भएको छ । तानसेनको दरवार अगाडि रहेको होटल व्यवसाय समितिको कार्यालयमा एक कार्यक्रमका बिच बैठक भएको हो ।


