Shittalpati
कुमारी जब प्रालि र केसिएम आइटी बीच सम्झौता

पाल्पा (एजेन्सी), कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी (केसिएस आइटी कलेज) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएम आइटीबीच सम्झौता भएको हो ।

लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा काम गर्दै आएको कुमारी जब प्रालि र ‘केसिएम आइटी’ले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने गरी सम्झौता गरेका हुन् । कुमारी जब प्रालिका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसिएम आइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । प्रबन्ध निर्देशक भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिबद्ध रहेको केसिएम आइटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन् । उक्त सहकार्यबाट बिबिए र बिआइएम संकायमा अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिम सहित आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्नेछन् भने रोजगारको अवसर समेत पाउने छन् । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउनभन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो । सो कलेजले करिब दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ विविए, विआइएम, विसिए लगायतका तीन वटा स्नातकतहको अध्ययन/अध्यापन गराइन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update