पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले डिबेन्चर जारी गरेको छ । बैंकले ‘८ दशमलव ५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ जारी गरेको हो ।बैंकले उक्त डिबेन्चर निष्काशन गरी बिक्री समेत खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको जनाएको छ । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाखकित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन मिल्ने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गते सम्म बन्द हुने गरी तोकिएको छ । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८ दशमलव ५५ का दरले अर्ध वार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवं तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाइएको छ । बैंकले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५३ शाखा रहित बैंकि· सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सय भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिदै आएको छ ।