पाल्पा,कुमारी बैंकले ल्याएको डिजिटल च्यालेञ्जमा भाग्यमानी ग्राकहले आईफोन १२ प्राप्त गर्ने भएका छन् । बैंकले डिजिटल कारोबार प्रवद्र्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ ल्याएको ‘डिजिटल च्यालेन्ज’ नामक योजनामा बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यशाली विजेताले आई फोन १२ प्राप्त गर्ने भएका हुन् । यसका साथै ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ । ‘कुमारी स्मार्ट वान टु थ्री, आई फोन १२ फ्रि’ योजना अन्तर्गत ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आई फोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् ।
जस अन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोन पे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोन पे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आई फोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुने बैंकले जनाएको छ । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरू मध्ये एकले आई फोन १२ प्राप्त गर्नेछन् । यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरू मध्ये ५ भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् सामसङ ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ । बैंक खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।