कोरोना बिमाको दाबी भूक्तानी
बिहीबार, साउन २२, २०७७
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री
बुधबार, साउन २१, २०७७
जिल्लाको तानसेनमा रहेको पाल्पा सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार तानसेनले एक कार्यक्रमको आयोजना गरी पाल्पा सिबिआरमा रहेका फरक क्षमताका बालबालिकाहरुका लागि खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार
मंगलबार, साउन २०, २०७७
तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो ।
कर्मचारी युनियनद्वारा पहिरो पीडितका लागि आर्थिक सहयोग
शुक्रबार, साउन १६, २०७७
नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले जिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका र ईस्मा गाउँपालिकामा केही दिन अघी गएको पहिरोबाट प्रभावितहरुका लागि सहयोगका संघले ५० हजार ५ सय ५५ आर्थिक सहयोग गरेको हो ।
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण
शुक्रबार, साउन १६, २०७७
नेपाली सेनाले बिहीबार वडभान तथा रानीवन सामुदायिक वन रामपुर ४ मा वृक्षरोपण गरेको छ । गोरख दल गण रामपुर सुरक्षा गुल्मले सेनाको वार्षिक वृक्षरोपण कार्यक्रम अन्तर्गत रामपुर सवडिभिजन वन कार्यालयको सहयोगमा रामपुर नगरपालिका र वडभान तथा रानीवन सामुदायिक वनसँग समन्वय गरी वृक्षरोपण गरेको हो ।
गुल्मीमा पनि खुल्यो करदाता सेवा कार्यालय
बुधबार, साउन १४, २०७७
करदाताहरुको सेवालाई मध्यनजर गर्दै जिल्लामा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको हो ।
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा
बुधबार, साउन १४, २०७७
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्यो राहत सामग्री सहयोग
सोमबार, साउन १२, २०७७
पछौटेपन उन्मूलन समाज (बेस) नेपालले जिल्लाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ । युकेएडको सहयोगमा केयर नेपालमार्फत प्राप्त भएको राहत सामग्री जिल्लाका १० वटै स्थानीय तहका प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गरेको हो ।
भैरव नवदीपलाई कुमारी बैंकको सहयोग
सोमबार, साउन १२, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेको भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंक लिमिटेडले जिन्सी सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन
आइतबार, साउन ११, २०७७
तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
गुल्मीमा ८८ प्रतिशत बजेट खर्च, २३ करोड ४३ लाख राजस्व संकलन
आइतबार, साउन ११, २०७७
गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि प्राप्त भएको बजेटमध्ये ८८ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा विकास निर्माणका लागि प्राप्त कूल बजेट ९ अर्ब ५९ करोड ९४ लाख ६५ हजारमध्ये ८ अर्ब ४६ करोड २४ लाख ६७ हजार ९ सय अर्थात् ८८ दशमलव १५ प्रतिशत...
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट
शनिबार, साउन १०, २०७७
नेपाल प्रेस युनियन पाल्पा शाखाले युनियनमा आवद्ध जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान र स्वास्थ्य सुरक्षाका लागि युनियनले प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै
शनिबार, साउन १०, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संघ सस्थाका शाखाहरु अबदेखि नियमित खुल्ने भएका छन् । लकडाउनका कारण सञ्चालन हुन नसकेका केही बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका हुन् ।