Shittalpati
३१ जिल्लामा निःशुल्क इन्टरनेट
३१ जिल्लामा निःशुल्क इन्टरनेट नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।
तानसेनमा सवारी कर उठाउन रोकियो !
तानसेनमा सवारी कर उठाउन रोकियो ! तानसेन नगर सरकारले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले यि क्षेत्रमा चल्ने सवारी साधनमा कर उठाउदै आएको थियो...
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिइने प्रतिवद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको बुधबार उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताएका हुन् ।
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका ४, हुमिनको झ्याङ्गसिं पोखरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २४५ औं शाखारहित बैंकिङ्ग सेवा हुमिनमा सञ्चालन गरेको हो । शाखारहित बैंकिङ्ग सेवाको वडाअध्यक्ष भोजबहादुर बिकले उद्घाटन गरेका छन् ।
तानसेन सरकारले राजमार्ग प्रवेशमा लिएको शुल्कप्रति गुल्मीको ध्यानाकर्षण
तानसेन सरकारले राजमार्ग प्रवेशमा लिएको शुल्कप्रति गुल्मीको ध्यानाकर्षण उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय पाल्पालाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी जिल्ला पाल्पाको तानसेन नगरपालिकाको कार्यालयले स्थानीय पूर्वाधार सडक उपभोग शुल्कको नाममा तानसेन बजार क्षेत्र भई सञ्चालन हुने सवारी साधनहरुमा राजमार्ग प्रवेशमा लिएको शुल्क प्रति उद्योग वाणिज्य संघ गुल्मीले गम्भिर ध्यानाकर्षण जनाउँदै ज्ञापनपत्र बुझाएको...
पाल्पामा टिपर आतंकप्रति उद्योग वाणिज्य संघले देखायो चासो
पाल्पामा टिपर आतंकप्रति उद्योग वाणिज्य संघले देखायो चासो जिल्लामा कायमै रहेको वर्षौदेखिको टिपर आतंकप्रति पाल्पा उद्योग वाणिज्य संघले चासो देखाएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको संघले वर्षौदेखिको टिपर आतंक रोक्ने विषयमा चासो देखाएको हो । जिल्लाका सडकहरुमा दिनहुँ सयौंको संख्यामा टिपरहरु अन्धधुन्ध हुइकिने गर्दा दुर्घटना मात्र नभई मानवस्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेको भन्दै संघले...
गुल्मी मालिकामा दुई पक्की पुलको बन्दै
गुल्मी मालिकामा दुई पक्की पुलको बन्दै जिल्लाको मालिका गाउँपालिकामा दुई पक्की पुला बन्न लागेका छन् । गाउँपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाङ्, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएसँगै पुल बन्न लागेका हुन् छ । वडा नं–६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुलको शिलान्यास गरिएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६५ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६५ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६५ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि, संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले महत्वपूर्ण भूमिका खेलेको बताए ...
Weather Update