पाल्पा, बजाजले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राह वर्गहरुमा नयाँ योजना ल्याएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाज बाईक किन्ने ग्राहकहरुका लागि ‘बजाज शून्य अफर’ ल्याएको हो । ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउन कै लागि कम्पनीले नयाँ वर्ष योजना ल्याएको जनाएको छ ।योजनामा ग्राहकहरुले शून्यबाटै लाखौं जित्न सक्ने कम्पनीले जनाएको छ । यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक बिक्रेताबाट खरिद गर्न सक्ने छन् । ग्राहकले बजाजका कुनै पनि बाइक खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किन्न सक्ने जनाइएको छ ।
ग्राहकले एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्ने छन् ।अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्ने छन् । यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुने जनाइएको छ ।