गुल्मी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले जिल्ल्लाको एक विद्यालयलाई सहयोग गरेको छ । प्रतिष्ठानले लोक दोहोरी दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्दै आएको उपल्लो तम्घास माध्यमिक विद्यालयमा तातो चिसो पानी आउने फिल्टर खाजा सहयोग गरेको हो ।
शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले उक्त सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानका उपाध्यक्ष प्रकाश बस्नेत, पूर्वअध्यक्ष खुम खत्री, जनक पन्थ लगायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बराल, प्रधानाध्यापक पिंकी भुसाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । फरक क्षमता भएका विद्यार्थीहरुले पढ्ने विद्यालयमा सफा पानी खुवाउने उद्देश्यले फिल्टर प्रदान गरिएको प्रतिष्ठानका पूर्वअध्यक्ष जनक पन्थले बताए । प्रतिष्ठानले विभिन्न समयमा सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको पूर्वअध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । कार्यक्रममा रेसु·ा नगरपालिका ९ का वडाध्यक्ष नारायण बरालले प्रतिष्ठानले विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए । विद्यालयका प्रधानध्यापक पिंकी भुसालले प्रतिष्ठानलाई धन्यवाद दिदै आगमी दिनमा यस्तै सहयोगको अपेक्षा गरेको बताइन् । उनले फरक क्षमताका विद्यार्थीहरुले बस्ने आवासको समस्या भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् । फरक क्षमता भएका बालबालिकाहरुलाई गायक हरि खत्रीले गीत गाएर बालबालिकालाई मनोरञ्जन दिएका थिए । –अनिल खत्रीबाट