Shittalpati
सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी

पाल्पा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी वापत ५ लाख ७२ हजार ५ सय रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रमका बीच बीमित स्व. धन बहादुर चिदीको घर बगनासकाली गाउँपालिका १ खोरबारी स्थित घरमै पुगेर सो रकम हस्तान्तरण गरेको छ । कम्पनीमार्फत उक्त रकमको चेक गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले मृतककी श्रीमती गोमा कुमारी चिदीलाई हस्तान्तरण गरिएको हो । नौ महिना अघि कम्पनीको पाल्पा शाखाबाट ५ लाख रुपैयाँ बराबर बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिएका चिदिको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चिदिले मृतक धनबहादुरको आत्माको चिर शान्तिको कामना गर्दै सिटिजन लाइफले घर मै आएर बिमा दाबी रकम हस्तान्तरण गरेकोमा कम्पनीलाई धन्यवाद दिईन् । कार्यक्रममा पाल्पा शाखा प्रबन्धक विजय कार्कीले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश गर्दै जीवन बिमा सबैले गर्नु पर्नेमा जोड दिए । उनले मृतकको परिवारले दुई गुणा बिमाङ्क अन्तर्गत थप एक गुणा बिमा रकम ५ लाख रुपैया १९ बर्ष पछि सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए । कार्यक्रममा ब्रान्च अफिस एसोसिएट जिन्ता राना, एजेन्सी म्यानेजरहरु रिता पाण्डेय र अविता नेपाली लगायतको उपस्थिति रहेको थियो । कम्पनीको पाल्पा शाखा युनिट म्यानेजर निर्मल दर्लामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update