खोप किन्न अनुमति माग्दै माथागढी सरकार
बुधबार, जेठ १९, २०७८

पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
सोमबार, जेठ १७, २०७८
आर्थिक वर्षका २०७८/७९ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट परेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा यहाँका २२ वटै पालिकामा ८ अर्ब १६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

संक्रमितको घर घरमै पुगेर औषधि वितरण
सोमबार, जेठ १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, उपाध्यक्ष निर्मला भट्टराई, प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, वडा सदस्यहरू, स्वाथ्यकर्मी र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य...

पहिराले बगायो भेडा, बाख्रा र भैंसी
शनिबार, जेठ १५, २०७८
गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।

माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
बिहीबार, जेठ १३, २०७८
जिल्लाको माथागढी गाउँपालिकाकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ । गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि कालीगण्डकी फाउण्डेशन नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो
बुधबार, जेठ १२, २०७८
लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवार देखी कालिगण्डकीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम सुरु गरेको हो ।

श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग
सोमबार, जेठ ३, २०७८
नेपाल प्रेस युनियन पाल्पाले कोरोना पीडित श्रमजीवी,मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । युनियनले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो ।

माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो
सोमबार, जेठ ३, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा कोभिड १९को संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो ।

माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स
बुधबार, वैशाख २९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले आफूले चढ्दै आएको ग १ झ ३५६ नम्वरको स्कार्पियो कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएका हुन् ।

घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी
सोमबार, वैशाख २७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको घर–घरै पुगेर उपचार गर्न थालेको छ । संक्रमित भई सामन्य अवस्थामा रहेका नागरिकहरुको गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर उपचार थालेका हुन् ।

गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
शनिबार, वैशाख २५, २०७८
नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।

गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन
शनिबार, वैशाख २५, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।

पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
बिहीबार, वैशाख २३, २०७८
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । अहिले दिउँसो ३ बजे बैंठक बस्न लागेको हो ।