६८ वर्षीय पुनले बल्ल पाए नागरिकता
आइतबार, माघ ९, २०७८
शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छु : प्रहरी उपरीक्षक शाही
शुक्रबार, माघ ७, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार पाल्पाली पत्रकारहरुसँंगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट सरुवा भई पाल्पा आएका प्रहरी उपरीक्षक शाहीले पत्रकार, राजनितिक दल, नागरिक समाज तथा सर्वसाधारणहरुको सुझावलाई कार्यान्वयन गर्दै जिल्लाको शान्ति...
रैनादेवी छहरामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु
शुक्रबार, माघ ७, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका –५ मुझुङकी ५९ वर्षीया गीता घर्ती मगर आफ्नै घरको आगनमा लडेर घाइते भएकी थिइन् ।
माथागढी गाउँसरकारको दशौं गाउँसभा, दुई विधेयक पारित
आइतबार, माघ २, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले दशौं गाउँसभा गरेको छ । ‘हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान’ भन्ने मूल उद्देश्य सहित गाउँपालिकाले दशौं गाउँसभा गरेको हो । गाउँसभाबाट गाउँपालिकाले दुई विधेय पारित गरेको छ । उसले खानेपानी तथा सरसफाई विधेयक २०७८ र चालु आर्थिक वर्षको विनियोजन संशोधन विधेयक पारित गरेको हो ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार, शिक्षक र कर्मचारी सम्मानित
शुक्रबार, पुस ३०, २०७८
माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको दशौ गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका क्रियाशिल पत्रकार, उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, सेवानिवृत्त शिक्षक, जग्गादा र कर्मचारीहरुलाई सम्मान गरेको हो ।
तानसेन नगर नगर सभा : विधेयक सहित समीक्षा, नीति तथा कार्यक्रमको उपलब्धि पारित
शुक्रबार, पुस ३०, २०७८
तानसेन नगरपालिकाको दशौं नगरसभा भएको छ । नेपालको संबिधानमा ब्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभा भएको हो । सभाले एक विधेयक सहित चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सीमक्षा, नीति तथा कार्यक्रमको उपलब्धी पारित गरेको हो ।
गुल्मीदरबार गाउँ सरकारको चौमासिक समीक्षा
बिहीबार, पुस २९, २०७८
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरेको छ । गाउँ सरकारले एक औपचारिक कार्यक्रमका बिच साउन, भदौं, असोज र कार्तिक महिनामा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा तथा जानकारी गराएको हो ।
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’
बुधबार, पुस १४, २०७८
तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ ।
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै तानसेन नगरपालिका
सोमबार, पुस १२, २०७८
तानसेन नगरपालिकाका कार्यपालिकाको पाँचौ बैठकले गरेका विभिन्न निर्णयहरु तत्काल कार्यान्वयन गर्ने निर्यण गरेको छ । तानसेन नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, तथा सुत्केरी महिलाहरुलाई अस्पताल आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार
आइतबार, मंसिर १९, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा कालोपत्रे गर्न लागेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे गर्ने कार्य शुरु गरेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि...
पाल्पामा सैनिक संग्रहालय
बुधबार, मंसिर १५, २०७८
पाल्पामा सैनिक संग्रहालय स्थापना गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा नेपाली सेनाले सैनिक संहालय स्थापना गरेको हो ।
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत !
बुधबार, मंसिर ८, २०७८
जिल्लाको तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका –४ मखनटोलमा रहेको तानसेन स्पेश टाइम्स केवल अफिसमा काम गर्ने ३७ वर्षीय शिव चौधरीको मृत्यु भएको हो ।


