Shittalpati
बगनासकालीमा वडाबाटै योजना सम्झौता
बगनासकालीमा वडाबाटै योजना सम्झौता सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी पाल्पाको बगनासकाली गाउँ सरकारले जनतालाई सेवा दिन थालेको छ । गाउँ सरकारले पालिकामा हुने योजना सम्झौता र बैंक खाता खोल्ने काम वडाबाटै दिन थालेको हो ।
पाल्पामा ‘सांस्कृतिक डवली’ निर्माण
पाल्पामा ‘सांस्कृतिक डवली’ निर्माण पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात पाल्पामा पर्यटकीय गन्तव्य स्थलहरु थपिदै गएका छन् ।
बडिज्ञान टोल विकास संस्थाले मनायो साधारण सभा
बडिज्ञान टोल विकास संस्थाले मनायो साधारण सभा बडिज्ञानटोल ‘क’ टोल विकास संस्था तानसेनले २२ औं साधारण सभा मनाएको छ । संस्थाले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय
गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय जिल्लाका विभिन्न स्थानीय तहका बस्तीहरुमा चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि दिनहुँ बढेपछि स्थानीय आंतकित भएका हुन् ।
पाल्पाको रामपुरमा एक पुरुष मृत फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत फेला जिल्लाको रामपुर नगरपालिका–६, चिप्लेढुंगामा एक पुरुषको मृत फेला परेका छन् । रामपुर तिलकपुरका लाल बहादुर कुमालको छोरा ४५ वर्षीय खगबहादुर कुमाल शुक्रबार मृत फेला परेका हुन् ।
गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
गुल्मीमा चट्याङ लागेर ९ जना घाइते जिल्लाको इस्मा गाउँपालिका– ३ तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । बुधबार राती चट्याङ पर्दा एकै टोलका ९ जना घाइते भएका हुन् । उनीहरु घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा प्रतियोगिता नहुँदा खेलमैदान सुनसान
पाल्पामा प्रतियोगिता नहुँदा खेलमैदान सुनसान पाल्पामा कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेका छैनन् ।
गुल्मीमा पहिरो : एकै घरका तीनको मृत्यु
गुल्मीमा पहिरो : एकै घरका तीनको मृत्यु गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम...
जिल्ला सहकारी संघ पाल्पाको अध्यक्षमा पाण्डेय
जिल्ला सहकारी संघ पाल्पाको अध्यक्षमा पाण्डेय जिल्ला सहकारी संघ लि. पाल्पाको अध्यक्षमा भूपति पाण्डेय चयन भएका छन् । संघको चौथौं अधिवेशनले पाण्डेयलाई अध्यक्षमा सर्वसमत चयन गरेको हो ।
माथागढीमा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण
माथागढीमा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण जिल्लाको माथागढी गाउँपालिका झडेवामा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण गरिएको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई कृषि सामग्री र सिलाई कटाई मेसिन सामग्री वितरण गरेको हो ।
नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने पक्राउ
नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने पक्राउ नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । चोरी गर्ने बुटवल उपमहानगरपालिका –११ प्रगतीनगरस्थित भाडमा बस्ने बर्ष ३१ को सचेन्द्र कुमार गौतम भन्ने सत्यन्द्र कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।
Weather Update