पाल्पाको माथागढीमा नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ७ धनुवाटोलमा विहेको भोज खाई नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । माथागढी –७ मौलाथरका ४० वर्षीय टलराज नेपालीको विहेको भोज खाई नाच्ने क्रममा शनिबार मृत्यु भएको हो ।
नेपाली शुक्रबार स्थानीय कृष्णबहादुर रानाको छोरीको विहे भोज खाना धनुवाटोल पुगेका थिए । साथीहरुसँगै नाच गान गरेका उनी अचानक आफै लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाच गान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेको र शनिबार विहान हेर्दा मृत्यु भएको बुझिएको छ । उनको लडेर मृत्यु भएको खबर थाहा पाउन साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्