स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने
सोमबार, माघ २४, २०७८
रैनादेवीको जंगलमा एक युवतीको शव भेटियो !
सोमबार, माघ २४, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको शव भेटिएको छ । रैनादेवी छहरा –७ गहतेका तारा खड्काको श्रीमती ३३ वर्षीया भवि रेश्मी मृत अवस्थामा भेटिएकी हुन् ।
तानसेनमा खानेपानी नआएपछि उपभोक्ता आन्दोलित, काँग्रेसले गरायो समितिको ध्यानाकर्षण
सोमबार, माघ २४, २०७८
जिल्लाको सदरमुकाम तानसेन बजारमा दुई हप्तादेखि खानेपानी नआएपछि उपभोक्ता आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण दुई हप्तासम्म पनि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । घर–घरमा खानेपानीको धारा नआएपछि तानसेनवासीहरु नेपाली काँग्रेस तानसेन नगर समितिको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् । मानिसको आधारभूत आवश्यकता जस्तो खानेपानीका...
गुल्मीमा आलोपालो सेवा सुरू
सोमबार, माघ २४, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको हो ।
तानसेनमा एक मजदुर मृत भेटिए !
शनिबार, माघ २२, २०७८
जिल्लाको तानसेनमा एक मजदुर मृत अवस्थामा भेटिएका छन्
चिया बेच्दै हिड्ने पौरखी कमला
बुधबार, माघ १९, २०७८
एक हातमा थरमस र प्युठियूमा क्यारेट बोकेर तानसेनका चोक–चोकमा दिनहुँ भेटिने गर्छिन ३५ वर्षीया कमला सारु । उनी थरमसमा चिया र क्यारेटमा चिया सहित खजाना लिएर तानसेनका चोक, पसलहरु र कार्यालयसम्म पुग्छिन् ।
बगनासकाली सरकारको आफ्नै लोगो
बुधबार, माघ १९, २०७८
जिल्लाको बगनासकाली गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । दैनिक कार्यसम्पादनमा लोगो प्रयोगमा ल्याएसँगै बगनसकाली जिल्लामै लोगो प्रयोगमा ल्याउने पहिलो पालिका बनेको छ ।
बेपत्ता वृद्धाको शव १० दिनपछि जंगलमा फेला
शुक्रबार, माघ १४, २०७८
दश दिनदेख घरबाट बेपत्ता भएकी एक वृद्धा महिलाको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका–१० बर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक वनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो ।
पाल्पामा एक महिलाको शव फेला
बिहीबार, माघ १३, २०७८
जिल्लाको तिनाउ गाउँपालिका–३ मा एक महिलाको मृत अवस्थामा शव फेला परेको छ । तिनाउ खोला ड्याम नजिकै सैनामैना नगरपालिका –३ रुपन्देहीकी ७८ वर्षीय जित कुमारी कार्कीको मृत अवस्थामा शव फेला परेको हो ।
पाल्पामा मतदाता नामावली संकलन स्थगित
बुधबार, माघ १२, २०७८
पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । मतदाता नामावली संकलन गर्दा कार्यालयमा कोभिड १९ संक्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण
मंगलबार, माघ ११, २०७८
जिल्लाको तानसेन नगर सरकारले क्यूआर कोर्ड सहितको पारिवारिक लगत परिचयपत्र वितरण थालेको छ । नगर सरकारले सूचना व्यवस्थापन प्रणाली अन्तर्गत पारिवारिक लगत परिचय पत्र वितरण थालेको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच नगर सरकारले उक्त परिचय पत्र वितरण अभियानको सुरुवात गरेको छ ।
पाल्पा प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
आइतबार, माघ ९, २०७८
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।


