पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा
शुक्रबार, फागुन ६, २०७८
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु
शुक्रबार, फागुन ६, २०७८
जिल्लाको तिनाउ गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय निर्वाचनका लागि दल दर्ता खुला
बिहीबार, फागुन ५, २०७८
स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।
बगनासमा फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा
बुधबार, फागुन ४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका–१ का फरक क्षमता भएका व्यक्तिहरुलाई न्यानो कपडा दिइएको छ । बगनासकाली गाउँपालिका अपाङ्ग पुनःस्थापना समितिको आयोजना र वडा कार्यालयको सहयोगमा उनीहरुलाई न्यानो कपडा दिइएको हो ।
एउटै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा, सेवाग्राही उत्साहित
सोमबार, फागुन २, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि, पशु र आयुर्वेदको सेवा एउटै भवनबाट दिन थालेको छ । उसले वडा २ र ३ का नागरिकहरुको सेवालाई मध्यनजर गर्दै तीन वटै सेवा एउटै भवनबाट दिन थालेको हो । दुई वडाबाट कृषि, पशु र आयुर्वेदको सेवा छुट्टाछुट्टै स्थानबाट प्रवाह हुँदै आएकोमा आइतबारदेखि एउटै भवनबाट हुन थालेको...
पाल्पाको माथागढीमा नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु
शनिबार, माघ २९, २०७८
जिल्लाको माथागढी गाउँपालिका ७ धनुवाटोलमा विहेको भोज खाई नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । माथागढी –७ मौलाथरका ४० वर्षीय टलराज नेपालीको विहेको भोज खाई नाच्ने क्रममा शनिबार मृत्यु भएको हो ।
रानीचुँडी लिप्ट खानेपानी समितिको भेला दमकडामा
शनिबार, माघ २९, २०७८
जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रानीचुँडी लिप्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भेला आयोजना गरिएको छ ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
शनिबार, माघ २९, २०७८
जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका र रम्भा गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।
सैनिक संग्रहालय दरबारलाई
शुक्रबार, माघ २८, २०७८
तानसेनमा नेपाली सेनाको गोरखदल गणले बनाएको सैनिक संग्रहालय हस्तान्तरण गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा सेनाले स्थापना गरेको सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयलाई बिहीबार हस्तान्तरण गरिएको हो ।
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु
बिहीबार, माघ २७, २०७८
जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका २ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार
बिहीबार, माघ २७, २०७८
प्राकृतिक रुपले अत्यन्त सुन्दर र अग्ला पाल्पाका डाँडाहरुको अनुहार यतिबेला कुरुप बन्दै गएको छ । पाल्पामा सञ्चालित चुनढुंगा खानी उद्योगले मनपरी उत्खनन र निकासी गर्दै आएपछि यहाँका मनमोहक, सुन्दर र अग्ला डाँडाहरुको अनुहार कुरुप बन्दै गएको हो ।
पाल्पा–तम्घास सडक मर्मत गरिने
बुधबार, माघ २६, २०७८
पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो । सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
चित्र कोरेर श्रेष्ठले कमाउँछन् मासिक चालिस हजार
बुधबार, माघ २६, २०७८
पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन ।


